National life
cg eloctronics

उतारचढावको बिच सेयर बजारमा सामान्य सुधार, चार उपसूचकमा हरियाली

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२५ वैशाख २०८१, मङ्गलबार
610Shares
उतारचढावको बिच सेयर बजारमा सामान्य सुधार, चार उपसूचकमा हरियाली
ncell

काठमाडौँ । साताको तेस्रो कारोबार दिन सेयर बजार अन्तिम समयमा आएर सामान्य अंकको सुुधार आएको छ । मङ्गलवार बजार २.०६ अंकले बढेर १९६० को विन्दुमा कायम हुन पुगेको छ ।

आज ३१४ कम्पनीको ५० लाख ६४ हजार ३८ कित्ता शेयर किनबेच हुँदा २ अर्ब १४ करोड ५ लाख रुपैयाँको कारोबार भएको छ । आज ११४ कम्पनीको शेयर मूल्य घटेको छ भने १२० कम्पनीको वृद्धि भएको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

मंगलबार चार उपसूचकमा हरियाली भएको छ । आज माइक्रोफाइनान्स समूहको २.४३ प्रतिशत, अन्य समूहको ०.७० प्रतिशत, म्युचुअल फण्ड समूहको ०.३० प्रतिशत र विकास बैंक समूहको ०.३१ प्रतिशतले शेयर मूल्य बढेको छ ।

बजारमा सुधार आएसँगै पोखरा फाइनान्सको सर्वाधिक सेयर कारोबार भएको छ। आज कम्पनीको ८ करोड ३२ लाख २३ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै कारोबार रकमको आधारमा आरएसडिसी लघुवित्त दोस्रो स्थानमा रहेको छ । आज कम्पनीको ६ करोड ५७ लाख ४६ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।

त्यस्तै उक्त दिन हिमालयन लघुवित्तको ५ करोड १७ लाख ९८ हजार रुपैयाँ, हिमालयन रिइन्स्योरेन्सको ४ करोड ३० लाख १६ हजार रुपैयाँ र नेपाल फाइनान्सको ४ करोड २७ लाख ६ हजार रुपैयाँको कारोबार भएको हो ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
610SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?