काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्र बैंकका सञ्चालक समिति सदस्य समेत रहेका सुबोध कुमार कर्णलाई ३० दिनभित्र अख्तियारमा हाजिर हुन सार्वजनिक सूचना जारी गरेको छ।
सुबोध कुमार माथि गम्भीर नैतिक विचलनको आरोप लागेको थियो। यस अगाडि उनले ठूलो व्यावसायिक घराना सम्बद्ध व्यवसायीसँग ३० हजार डलर (करिब ३६ लाख रुपैयाँ) घुस मागेको आरोप लागेको थियो।


































