National life
cg eloctronics

तेस्रो दिन समेत सेयर बजारमा गिरावट: सिटिजन लाइफको सर्वाधिक सेयर कारोबार

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२४ वैशाख २०८१, सोमबार
560Shares
तेस्रो दिन समेत सेयर बजारमा गिरावट: सिटिजन लाइफको सर्वाधिक सेयर कारोबार
ncell

काठमाडौं । साताको दोस्रो कारोबारका दिन सेयर बजार दोहोरो अंकले गिरावट आएको छ । सोमबार बजार १५.६२ अंकले घटेर १९५८ को विन्दुमा कायम हुन पुगेको छ ।

आज ३१० कम्पनीको ६९ लाख ७८ हजार ३२१ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ८९ करोड १३ लाख १९ हजार रुपैयाँको कारोबार भएको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

सोमबार १२ उपसूचक राताम्य भएका छन् । आज बैंकिङ समूहको ०.६३ प्रतिशत, फाइनान्स समूहको १.९६ प्रतिशत, होटल तथा पर्यटन समूहको ०.१६ प्रतिशत, हाइड्रोपावर समूहको ०.४४ प्रतिशतले शेयर मूल्य घटेको हो ।

बजारमा गिरावट आउदा सिटिजन लाइफ इन्स्योरेन्सको सर्वाधिक सेयर कारोबार भएको छ । आज कम्पनीको ३१ करोड ९८ लाख ३० हजार रुपैया बराबरको कारोबार भएको छ ।

त्यस्तै कारोबारको आधारमा १० करोड ८१ लाख ६६ हजार रुपैयाँ बराबरको सहित नेपाल फाइनान्स दोस्रो स्थानमा रहेको छ । उक्त दिन पोखरा फाइनान्सको ९ करोड ८० लाख १२ हजार रुपैयाँ, हिमालयन रिइन्स्योरेन्सको ६ करोड ६५ लाख ४३ हजार रुपैयाँ र गरर्खाज फाइनान्सको ६ करोड ३६ लाख ७० हजार रुपैयाँको कारोबार भएको हो ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
560SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?