National life

भ्रष्टाचार आरोप लागेका मालपोत कार्यालयका ७ जना मालपोत अधिकृत दोषी ठहर

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२९ जेठ २०८१, मङ्गलबार
518Shares
भ्रष्टाचार आरोप लागेका मालपोत कार्यालयका ७ जना मालपोत अधिकृत दोषी ठहर
ncell

काठमाडौँ । भ्रष्टाचार मुद्दामा मालपोत कार्यालय पर्साका ७ जना मालपोत अधिकृत दोषी ठहर भएका छन्।

जग्गा किनबेचका क्रममा कर्मचारीहरूको मिलेमतोमा लिखतबाट उठेको राजस्व रकम नियमानुसार दाखिला नगरी हिनामिना गरेको दाबीसहित उनीहरुविरुद्ध अख्तियारले २०८० कार्तिक २० गते भ्रष्टाचार मुद्दा दायर गरेको थियो।

उक्त मुद्दाको सुनुवाइ गर्दै विशेष अदालतले कार्यालयका तत्कालीन मालपोत अधिकृतहरू हरिणारायण मिश्र, भूपबहादुर बोगटी, गोपाल ढुंगाना, पदमप्रसाद अर्याल, चन्द्रबहादुर भण्डारी, स्वर्गीय किरणप्रसाद उपाध्याय र कुमोद तिवारीलाई दोषी ठहर गरेको हो।

न्यायाधीशहरू टेक नारायण कुँवर, तेज नारायण सिंह राई र राम बहादुर थापाको इजलासले उनीहरूलाई दोषी ठहर गरेको हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
उनीहरूलाई सजाय निर्धारणको लागि भने अदालतले अर्को पेशी तोकेको छ।

यो समाचार शेयर गर्नुहोस्
518SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?