National life

जानी राखौँ भाइटिका र सप्तरङ्गी टिकाको महत्व

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२९ कात्तिक २०८०, बुधबार
535Shares
जानी राखौँ भाइटिका र सप्तरङ्गी टिकाको महत्व
ncell

काठमाडौँ । आज तिहारको मुख्य दिन भाइटिका, बिहार सबेरैदेखि घर–घरमा चहलपहल सुरु भइसक्यो होला, दिदी बहिनीहरु आफ्ना दाजुभाइलाई टिका लगाउन माइती पुगिसक्नुभयो होला कतिपय बिहानै देखी टिकाको लागी चाँजोपाँजो मिलाउँदै हुनुहुन्छ होला । कती भने किनमेल गर्दै हुनुहुन्छ ।सप्तरङ्गी टिका, कहिल्यै नओइलाउने मखमली तथा भाइ मसला लगायतका खानेकुराहरु सहित दिदी बहिनीहरुले दाजुभाइको पुजा गर्ने चलन छ ।

तिहारको मुख्य दिन आज दिनभरि नै भाइटिका लगाउन उत्तम हुने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ।

Royal Enfield
nic asia capital
समितिले बिहान १० बजेर ५१ मिनेटको उत्तम साइत निर्धारण गरे पनि भाइटीकाको दिन आफैँमा उत्तम दिन भएकाले जुनसुकै बेला टीका लगाउन राम्रो हुने समितीले जनाएको छ ।

यस दिन दिनभर टीका लगाउन बाधा नपरे पनि साइत खोज्नेका लागि अभिजित् मुहूर्तको शुभ साइत बिहान १०ः५१ बजे रहेको छ।

भाइटिकाका दिन दिदीले भाइलाई र बहिनीले दाजुलाई अनि त्यसै गरी भाइले दिदीलाई र दाजुले बहिनीलाई विशेष मान–सम्मानका साथ विधिपूर्वक पूजाआजा गर्ने, मेवामिष्ठान्न आदि मन पर्ने कुरा खुवाउने, दिदीबहिनीलाई दान दक्षिणा एवं वस्त्र आदि दिने परम्परा छ। परापूर्व कालमा बहिनी यमुनाले दाजु यमराजलाई विशेष मान–सम्मान गर्दै भाइ पूजा गरेको धार्मिक महत्व छ। भाइटीकाको दिन दियो, कलश र गणेशको पूजा गर्ने, यमराजको आह्वान गर्ने, बिमिरो, ओखर, तेल, मखमलीको माला, सप्तरङ्गी टीका, दुबो, कटुस आदिको प्रयोगमा आफ्ना दिदीबहिनी र दाजुभाइको सुख‚ समृद्धि, आरोग्य एवं दीर्घायुको कामना अन्तर्निहित छ।

भाइटिका कसरी गर्ने ?

भाइटिकालाई लामो समयसम्म भेटघाट नभएका दाजुभाइसँग भेटघाट हुने, सम्बन्धमा आएको चिसोपन हटाई मिलन गराउने तथा सम्बन्धलाई अझ दिगो बनाउने माध्यमका रूपमा लिइन्छ। दिदीबहिनीले भाइटीकाको अघिल्लै दिन दाजुभाइलाई भाइटीकाको निम्ता स्वरूप पान‚ सुपारी, फूल आदि दिने चलन छ।

भाइटिकाका दिन टीका नलगाई केही खानु हुँदैन भन्ने मान्यता रहेको छ। टीकाको दिन बिहानै नुहाएर अष्ट चिरञ्जीवीको पूजा गर्नुपर्छ। यमराज, हनुमान, विभीषण, परशुराम अष्ट चिरञ्जीवीभित्र पर्छन्।

भाइटिका गर्न ओखर, तोरीको तेल, बिमिरा, मसला, मखमली, दुबो तथा सयपत्रीको माला, रोटी, मीठा मीठा परिकारको आवश्यकता पर्छ। सबैभन्दा पहिले दियो, कलश तथा गणेशको पूजा गरी बिमिराको पूजा गरिन्छ।

त्यसपछि दाजु–भाइको मङ्गलको कामना गर्दै ढोकामा ओखरको तथा यमराजको पूजा गरी कालको बाटो छेक्नुपर्छ। पानी तथा तेलले सात घेरा हाली दाजुभाइलाई छेक्नुपर्छ। फूल, अक्षता, चन्दन तथा लाभले पूजा गरी दाजुभाइको शिरमा तेल लगाइदिनुपर्छ।

सगुनका रूपमा दही दिनुपर्छ। भाइटिकाका दिन दाजुभाइलाई लगाइदिने मखमली, सयपत्री तथा दुबोको मालाको छुट्टै महत्त्व छ। मखमली कहिल्यै ओइलाउँदैन, सयपत्रीको रङ्ग कहिल्यै उडेर जाँदैन भने दुबो सधैँ हरियो रहन्छ। दिदीबहिनीले दाजुभाइको यश, आरोग्य, दीर्घायुको कामना गर्दै निधारमा सप्तरङ्गी टीका लगाइदिन्छन्।

सप्तरङ्गी टीकामा भावना मिसिँदा शान्ति बर्सिन्छ भन्ने मान्यता छ। तिहारमा लगाइने टीका पहेँलो, नीलो, सुन्तला, सेतो, हरियो, रातो र कालो रङ्गको गरी सात रङ्गका हुन्छन्। दाजुभाइप्रतिको प्रेम रङ्गजस्तै गाढा तथा निरोगी भइरहने विश्वास गरिन्छ।

रङ्गैपिच्छे टीकाको महत्व सप्तरङ्गी टीका इन्द्रेणीको प्रतीक हो। सेतोले शान्तिको सन्देश दिन्छ भने रातो रङ्ग उत्साह उमंग‚ जाँगर‚ साहस र फुर्तिको प्रतीक हो। नीलो रङ्ग आकाशको प्रतीक हो। हाम्रो स्वच्छ र हृदय सफा हुनुपर्छ। मनमा एउटा कुरा मुखमा अर्को कुरा राख्नुहुन्न। हरियो रङ्गले आनन्दको संकेत गर्छ।

मनमा आनन्द नभई गरेका काम पूरा गर्न सक्दैनौँ। पहेँलो रङ्ग शान्ति‚ सुख, पारस्परिक प्रेमको प्रतीक हो। दिदीबहिनीले दाजुभाइलाई ढाकाको टोपी लगाइदिन्छन्। यसले आयु बढाउनुका साथै राष्ट्रियता झल्काउँछ। टीका लगाएपछि उपहार आदानप्रदान गरिन्छ। तिहारसँग जोडिएको प्रसङ्ग सूर्यका छोरा यमराजले आफ्नी बहिनी यमुनाको निम्तो स्वीकार गरी बहिनीका घरमा गई रमाइलो मनाएको हुँदा यी पाँच दिनलाई यमपञ्चक मानिएको कुरा हिन्दु धर्मशास्त्रमा उल्लेख गरिएको छ।

यसरी रहँदा बस्दा यमुनाको व्यवहारले निकै प्रसन्न भई यमराजले बहिनी यमुनालाई ‘जे मन लाग्छ वर माग’ भन्दा यमुनाले ‘हरेक वर्ष आजकै दिन मलाई भेट्न आउनुपर्ने, साथै दिदी भाइ दाजु बहिनीको प्रेम सदा अटल रहोस् र दाजुभाइको आयु, कीर्ति सदा वृद्धि होस भन्ने वरदान मागिन्।

यमराजले पनि तथास्तु भन्दै मनसा, वाचा, कर्मणा र शुद्ध चित्तले यस प्रकारसँग भातृ पूजा गर्ने गराउनेहरूको सदा उन्नति हुने तथा कीर्ति पनि फिँजिने वर दिई आफ्नी बहिनीसँग बिदा भई गएको र यसरी प्राचीन काल देखि अहिलेसम्म यो पर्व मानिँदै आएको छ।

 

यो समाचार शेयर गर्नुहोस्
535SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?