National life

लुम्बिनीमा ३० करोड लागतमा रसियन गुम्बा निर्माण गरिँदै

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०१ मंसिर २०८०, शुक्रबार
652Shares
लुम्बिनीमा ३० करोड लागतमा रसियन गुम्बा निर्माण गरिँदै
ncell

काठमाडौं । गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा ‘रुसी बौद्ध गुम्बा’ निर्माण गर्न थालिएको छ । एक सय आठ वर्ष पुरानो रसियाको सेन्ट पिटरबर्गस्थित रसियन गुम्बाको प्रारूपसहितको गुम्बा निर्माण प्रक्रिया थालिएको हो ।

नेपालस्थित रसियन दूतावास, रुस नेपाल मैत्री सङ्घ, रुसी बौद्ध मन्दिर निर्माण फाउन्डेसन र रुसका बौद्ध मार्गीको संयुक्त पहलमा गुम्बा निर्माण गर्न थालिएको छ । उक्त गुम्बा ३० करोडको लगानीमा निर्माण गरिने रुसी गुम्बा नेपालका संयोजक प्रवीण गौचनको भनाई छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

लुम्बिनी क्षेत्र विकास कोषभित्र रहेको एक बिघा जमिनमा निर्माण थालिएको सो गुम्बा सन् २०२५ मा सम्पन्न गरिने लक्ष्य राखिएको छ । रसियादेखि रसियन गुम्बाको एक टुक्रा ढुङ्गासहित आएका भिक्षुहरूबाट गरिएको बौद्ध पाठ परायणसहित रसियन राजदूत असेक्सेई नोभिकोभले गुम्बा शिलान्यास गरेका थिए ।

रुसी दूतावासमार्फत लुम्बिनी विकास कोषसँग सन् २०१९ मा सम्झौता सम्पन्न भई हाल निर्माण सुरु गरिएको साढे दुईतले उक्त गुम्बा रुसको सबैभन्दा पुरानो गुम्बाको प्रारूप झल्किने संरचना अनुरूपको हुनेछ ।

लुम्बिनी विकास कोषका सदस्यसचिव सानु राजा शाक्यले लुम्बिनीमा २७ देशहरूले आफ्नो देशको प्रतिनिधित्व हुने गरी मन्दिर तथा गुम्बाहरू निर्माण गरिसकेको जानकारी दिए । कोषका अनुसार ४० देश तथा सङ्घसंस्थाले यहाँ संरचना निमार्णका लागि सम्झौता गरेका छन् ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
652SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?