National life

आज सोपान फर्मास्युटिकल्सको आईपीओमा आवेदन दिने अन्तिम दिन

max lubricant tata
Aarthik voice
Aarthik voice
५ महिना अगाडि|०८ वैशाख २०८३, मङ्गलबार
1.1kShares
आज सोपान फर्मास्युटिकल्सको आईपीओमा आवेदन दिने अन्तिम दिन
ncell

काठमाडौँ । सोपान फर्मास्युटिकल्स लिमिटेडले सर्वसाधारणका लागि जारी गरेको आईपीओमा आवेदन दिने आज अन्तिम म्याद तोकिएको छ । कम्पनीले वैशाख ३ गतेदेखि ३४ लाख ७४ हजार ९०० कित्ता साधारण सेयर सार्वजनिक निष्कासन गरेको हो ।

नेपाल धितोपत्र बोर्डबाट कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले ४२ लाख ९० हजार कित्ता आईपीओ बिक्रीका लागि फागुन १७ गते स्वीकृति पाएको थियो । सो कुल सेयरमध्ये २ लाख १४ हजार ५०० कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ भने १ लाख ७१ हजार ६०० कित्ता कर्मचारीका लागि सुरक्षित गरिएको छ।

Royal Enfield
nic asia capital

बाँकी सेयर सर्वसाधारणका लागि खुला गरिएको हो । यस आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ११ हजार कित्तासम्म आवेदन दिन सक्ने व्यवस्था रहेको छ ।

कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी एनएमबि क्यापिटल लिमिटेडले सम्हालेको छ ।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?