National life

सर्वसाधारणका लागि कहिले खुल्दैछ याम्बालिङ्ग हाइड्रोको आईपीओ ?

max lubricant tata
Aarthik voice
Aarthik voice
५ महिना अगाडि|०७ वैशाख २०८३, सोमबार
1.1kShares
सर्वसाधारणका लागि कहिले खुल्दैछ याम्बालिङ्ग हाइड्रोको आईपीओ ?
ncell

काठमाडौँ। याम्बालिङ्ग हाइड्रोपावर लिमिटेडले सर्वसाधारण लगानीकर्ताका लागि आईपीओ निष्कासन गर्ने तयारी गरेको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय, वैदेशिक रोजगारीमा रहेका नेपाली, कर्मचारी तथा सामूहिक लगानी कोषलाई सेयर बाँडफाँड गरिसकेपछि अब दोस्रो चरणमा सर्वसाधारणका लागि निष्कासन गर्न लागेको हो।

कम्पनीका अनुसार वैशाख १६ गतेदेखि ७ करोड ४३ लाख रुपैयाँ बराबरको १७ लाख ४३ हजार कित्ता साधारण सेयर सार्वजनिक गर्न लागिएको हो। यसमा वैशाख २२ गतेसम्म आवेदन दिन सकिनेछ भने आवश्यक परे वैशाख ३० गतेसम्म म्याद थप हुन सक्छ।

Royal Enfield
nic asia capital

लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम २१ हजार कित्तासम्म आवेदन दिन पाउने व्यवस्था गरिएको छ।

यसअघि कम्पनीले ७ लाख कित्ता सेयर आयोजना प्रभावित स्थानीयलाई, २ लाख १० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीलाई वितरण गरिसकेको छ।

त्यस्तै, १ लाख ५ हजार कित्ता सामूहिक लगानी कोष र ४२ हजार कित्ता कर्मचारीका लागि छुट्याएर बाँडफाँट भइसकेको छ।

आईपीओको मूल्याङ्कन केयर रेटिङ्ग नेपाल ले ‘केयर एनपी बीबी’ रेटिङ दिएको छ, जसले कम्पनीको वित्तीय दायित्व वहन क्षमतामा मध्यम जोखिम रहेको जनाउँछ।

आईपीओ निष्कासन तथा बिक्री व्यवस्थापनको जिम्मा मुक्तिनाथ क्यापिटल लिमिटेड लाई दिइएको छ।

इच्छुक लगानीकर्ताले सि–आस्बा प्रणालीमार्फत बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सक्नेछन् भने ‘मेरो सेयर’ प्रयोग गरी अनलाइनबाट पनि आवेदन दिन सकिनेछ।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?