National life

अख्तियारले बुझायो भ्रष्टाचार निवारण ऐन संशोधन विधेयकमा १० बुँदे सुझाव

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|३१ साउन २०८१, बिहिबार
565Shares
अख्तियारले बुझायो भ्रष्टाचार निवारण ऐन संशोधन विधेयकमा १० बुँदे सुझाव
ncell

काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार निवारण ऐन संशोधन विधेयकमाथि १० बुँदे सुझाव दिएको छ । आज बिहीबार बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा अख्तियार प्रमुख प्रेमकुमार राईले १० बुँदे लिखित सुझाव बुझाएका छन् ।

सुझावमा मूल ऐनको दफा २ को खण्ड (ग) मा उल्लेखित सार्वजनिक संस्था भन्ने शब्दको परिभाषामा संशोधन गर्न प्रस्तावित मूल विधेयकमा संशोधन गर्न दिइएको सुझाव आवश्यक नभएको अख्तियार प्रमुख राईले बताएका छन् । यसलाई सम्बोधन गर्न राष्ट्रियसभाबाट पारित प्रतिवेदनको बुँदा नम्बर २  अन्तरगतको खण्ड (ग) को उपदण्ड (४) को अन्त्यमा ‘.....वा संघ संस्था’ भन्ने शब्दहरू थप गर्नुपर्ने अख्तियारको प्रस्ताव छ ।

Royal Enfield
nic asia capital

यसै गरी मूल ऐनको प्रस्तावित दफा १६ क मा प्रस्तावित ५ वर्ष कैद भन्ने शब्दको सट्टा ३ वर्ष कैद भनी मिलाउने, वित्तीय संस्थाबाट भएको कारबारलाई मात्रै मान्यता दिनेलगायतको सुझाव अख्तियारले दिएको छ । यस्तै राष्ट्र सेवकले विदेशमा घर जग्गा, व्यापार व्यवसाय, धितो पत्रमा लगानी गरेमा बैंक खाता खोलेमा सजाय हुनुपर्ने प्रस्ताव अख्तियार राखेको छ ।

                                         

पूर्ण पाठ हेर्नुहोस्

यो समाचार शेयर गर्नुहोस्
565SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?