काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत सेमिफाइनल चरणमा पुग्ने चार टोलीको टुंगो लागेको छ। आइतबार बिहान सम्पन्न क्वाटरफाइनल खेलपछि अन्तिम चार टोली निश्चित भएका हुन्।
पछिल्ला खेलहरूमा जित निकाल्दै इंग्ल्यान्ड र अर्जेन्टिनाले सेमिफाइनलमा स्थान सुरक्षित गरे। इंग्ल्यान्डले अतिरिक्त समयमा नर्वेलाई २–१ ले हराउँदै पुनरागमन जित निकालेको हो भने अर्जेन्टिनाले स्विट्जरल्यान्डमाथि ३–१ को जित निकाल्दै अघिल्लो चरण पार गर्यो।
यसअघि नै फ्रान्स र स्पेनले पनि अन्तिम चारमा स्थान बनाइसकेका थिए। फ्रान्सले मोरक्कोलाई २–० ले पराजित गर्दै लगातार तेस्रो पटक सेमिफाइनलमा पुग्न सफल भयो भने स्पेनले बेल्जियमलाई २–१ ले हराउँदै लामो समयपछि अन्तिम चारमा पुनरागमन गरेको हो।
सेमिफाइनलमा अब फ्रान्स र स्पेनबीच पहिलो खेल हुनेछ भने दोस्रो खेलमा इंग्ल्यान्ड र अर्जेन्टिना आमनेसामने हुनेछन्। दुबै खेल अमेरिका स्थित रंगशालामा आयोजना गरिने छन्।





































