काठमाडौँ । आरम्भ चौतारी लघुवित्तले माघ १४ गतेका लागि साधारण सभा आह्वान गरेको छ। कम्पनीले काभ्रेपलान्चोक बनेपा स्थित बनेपा पार्टी भेन्युमा सभा आयोजना गरेको छ ।
कम्पनीले साधारण सभा प्रयोजनको लागि माघ २ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। पुस २९ गतेसम्म कायम शेयर धनीले कम्पनीको सभामा भाग लिन सक्ने छन् । लाभांश सम्बन्धी भने कम्पनीले कुनै प्रस्ताव समेटेको छैन ।
गत आवको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आवको लागि लेखा परीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गरिनेछ।
त्यसैगरी ६ जना सञ्चालकको निर्वाचन गर्ने, अन्य कुनै वित्तीय संस्थासँग मर्जरका लागि आवश्यक कार्य गर्न र प्रबन्ध पत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभाका लागि तय गरिएको छ।
विशेष प्रस्तावहरु : (क) भविष्यमा अन्य कुनै वित्तीय संस्था एक आपसमा गाभ्ने/गाभिन (Merger) तथा प्राप्ती / समाहित (Acquisition) हुने प्रयोजनका लागि आवश्यक कार्यहरुगर्नका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने ।
(ख) प्रबन्ध पत्र र नियमावली संशोधन स्विकृतीको क्रममा नियमनकारी निकायबाट कुनै फेरवदल, थपघट गर्न निर्देशन वा सुझाव भएमा सोही वमोजिम गर्न सञ्चालक समितिलाई वा समितिले तोकेको पदाधिकारीलाई अख्तियारी प्रत्यायोजन गर्ने ।


































