National life

सेयर बजारमा दोहोरो अंकको गिरावट, यी१० कम्पनीमा झुम्मिए लगानीकर्ता

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१७ फागुन २०८०, बिहिबार
533Shares
सेयर बजारमा दोहोरो अंकको गिरावट, यी१० कम्पनीमा झुम्मिए लगानीकर्ता
ncell

काठमाडौँ। साताको अन्तिम कारोबार दिन सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । बिहीबार बजार २८.६८ अंकले घटेर १९७२ को विन्दुमा कायम हुन पुगेको छ ।

बजारमा गिरावट आउँदा सबैभन्दा बढी सोनापुर मिनरल्सको सेयर कारोबार भएको छ ।

Royal Enfield
nic asia capital
आज कम्पनीको ११ करोड १३ लाख १० हजार रुपैयाँ बराबरको कारोबार भएको छ । त्यसै गरी कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको जोशी हाइड्रोपावरको १० करोड १४ लाख ३३ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।

त्यस्तै उक्त दिन हिमालयन रिइन्स्योरेन्सको ८ करोड ३ लाख ३५ हजार रुपैयाँ, हाथवे इन्भेष्टमेन्ट कम्पनीको ६ करोड ५९ लाख ९१ हजार रुपैयाँ र शिभम् सिमेन्टको ५ करोड २१ लाख १२ हजार रुपैयाँको कारोबार भएको हो ।

त्यसै गरी बोटलर्स नेपाल (बालाजु) को सेयरमा सकारात्मक सर्किट लाएको छ । त्यसै गरी मनकामना स्मार्ट लघुवित्तको ९.८६ प्रतिशत, मानुषी लघुवित्तको ३.९८ प्रतिशत, समाज लघुवित्तको ३.९० प्रतिशतले सेयर मूल्य बढेको छ ।

यो समाचार शेयर गर्नुहोस्
533SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?