National life

सर्वसाधारणको गुनासो सुन्न सरकारले सुरु गर्याे ‘हेलो सरकार’ २४ सै घण्टा सञ्चालन

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|१७ भदौ २०८०, आइतबार
528Shares
सर्वसाधारणको गुनासो सुन्न सरकारले सुरु  गर्याे ‘हेलो सरकार’ २४ सै घण्टा सञ्चालन
ncell

काठमाडाैं । सरकारले ‘हेलो सरकार’ सञ्चालन गरेकाे छ । सर्वसाधारणको गुनासो सुन्न सरकारले शुरू गरेको ‘हेलो सरकार’ अब २४सै घण्टा सञ्चालन हुने भएको हाे ।

आ (आइतवार) प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सिंहदरबारमा हेलो सरकारको २४ घण्टे सेवाको शुभारम्भ गरेका हुन् ।

प्रधानमन्त्री प्रचण्डले सिंहदरबारमा विगत १२ वर्षदेखि सञ्चालनमा रहेको हेलो सरकारको सेवालाई तीन सिफ्टमा बिस्तारित एवं सञ्चालन गर्ने कार्यको शुभारम्भ गरेका छन् ।

Royal Enfield
nic asia capital

अब सर्वसाधारणले टेलिफोन र इन्टरनेटको माध्ययमबाट सरकारी सेवा प्रवाह सम्बन्धमा २४सै घण्टा गुनासो गर्न पाउने भएका छन् ।

कार्यक्रममा प्रचण्डले सार्वजनिक निकायमा गुनासो सुन्ने संयन्त्र भए पनि जनताको मुहार उज्यालो गराउने गरी काम हुन नसकेको बताए ।

त्यस्तै मुख्य सचिव बैकुण्ठ अर्यालले आएका गुनासो तत्काल सम्वोधन गर्नेगरी हेलो सरकारलाई प्रभावकारी बनाउने बताए ।

यो समाचार शेयर गर्नुहोस्
528SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?