National life

अधिकतम मूल्यभन्दा बढीमा सामान बिक्री गरे कारबाही गर्ने महानगरको चेतावनी

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०९ असोज २०८१, बुधबार
494Shares
अधिकतम मूल्यभन्दा बढीमा सामान बिक्री गरे कारबाही गर्ने महानगरको चेतावनी
ncell

काठमाडौँ। आफ्नो क्षेत्रभित्र सञ्चालित खुद्रा तथा थोक पसलबाट अधिकतम मूल्यभन्दा बढीमा समान बिक्री भएको पाइए कारबाही गर्ने भन्दै काठमाडौँ महानगरपालिकाले चेतावनी दिएको छ।

आज महानगरले एक सूचना जारी गर्दै मूल्य सूची बनाएर पसलको अग्र भागमा सबैले देख्ने गरी राख्न, अधिकतम मूल्यभन्दा बढी मूल्यमा सामान बिक्री वितरण नगर्ने सुनिश्चित गर्न र म्याद गुज्रिएका बस्तु विक्री वितरण नगर्न निर्देशन दिएको छ ।

त्यस्तै खाद्य, पेय तथा अन्य वस्तुको गुणस्तर, शुद्धता र स्वच्छता कायम गर्न पनि महानगरले आग्रह गरेको छ। अनुगमनका क्रममा आग्रह विपरीत कसैले कुनै वस्तु वा सेवा बिक्री वितरण गरेको पाइएमा, उजुरी परेमा वा गुनासो प्राप्त भएमा यस कार्यालयबाट खटिने अनुगमन टोलीका सदस्य वा कार्यालयबाट प्रचलित कानुनबमोजिम कारबाही गर्ने चेतावनी पनि महानगरले दिएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

बस्तु खरिदमा कुनै समस्या परेमा वा उजुरीको लागि ११८० मा सम्पर्क सिधा सम्पर्क गर्नका लागि समेत महानगरले आग्रह गरेको छ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
494SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?