National life

अनलाइन जुवा खेलाएर दुई महिनामा २४ करोडको असुल्ने ६ जना पक्राउ

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०३ असार २०८१, सोमबार
421Shares
अनलाइन जुवा खेलाएर दुई महिनामा २४ करोडको असुल्ने ६ जना पक्राउ
ncell

काठमाडौँ । अनलाइन मार्फत २४ करोड रुपैयाँ बराबरको जुवा खेलाएको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा रुपन्देहीको कट्टिमाई नगरपालिका–६ का २५ वर्षीय आकाश मिश्र, रुपन्देहीकै सिद्धार्थनगर नगरपालिका–५ का २२ वर्षीय अभिषेक जैसवाल, रुपन्देहीको ओमसतिया गाउँपालिका–१ का २५ वर्षीय नितेश हरिजन, बुटवल उपमहानगरपालिका–१७ का २९ वर्षीय रामु गिरी रहेका छन् ।

उनीहरूसँगै रुपन्देहीको सैनामैना नगरपालिका–८ का २८ वर्षीय प्रतीक बस्याल र काठमाडौँ महानगरपालिका–३० का २९ वर्षीय सजल श्रेष्ठलाई प्रहरीले पक्राउ गरेका हुन् । उनीहरूलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पक्राउ गरेको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

पक्राउ परेका उनीहरू माथि विभिन्न व्यक्तिहरूको बैंक खाताको क्युआर कोड सामाजिक सञ्जालमार्फत पठाइ अनलाइन जुवा खेलाएको आरोप छ । यो समूहले करिब २ महिनाकै अवधिमा २४ करोडको अनलाइन जुवा खेलाएको एसपी सीआईबीको भनाई छ ।

यो समाचार शेयर गर्नुहोस्
421SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?