National life

अब मेरोजव एआईले आफैले उत्कृष्ट कर्मचारी सिफारिस गर्ने 

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०२ साउन २०८१, बुधबार
530Shares
अब मेरोजव एआईले आफैले उत्कृष्ट कर्मचारी सिफारिस गर्ने 
ncell

काठमाडौँ । नेपालको अग्रणी अनलाइन जवपोर्टल ‘मेरोजव’ले रोजगारदाताहरूका लागि उत्कृष्ट कर्मचारी छनोट गर्ने एआई (ए टी एस) ‘एप्लिकेशन ट्रयाकिङ सिस्टम’ सार्वजनिक गरेको छ।

मेरोजवका अनुसार रोजगारदाता कम्पनीहरूले मेरोजवको सिस्टममा पोस्ट गरेका रोजगारीका आवेदनमध्ये बाट एआईले कम्पनीहरूले खोजेको जस्तै सर्वोत्कृष्ट आवेदकलाई सिफारिस गर्नेछ। मेरोजव एआईले रोजगारदाताहरूले एक एक गर्दै सबै आवेदकहरूको प्रोफाइल हेर्नुपर्ने झन्झट हटाएको हो।

यस अघि रोजगारदाता कम्पनीहरूले आवेदन दिने सबै आवेदकको प्रोफाइल एक एक गर्दै हेर्नुपर्ने झन्झट थियो।

Royal Enfield
nic asia capital
अब एआईले आवेदन मध्यबाट कम्पनीले खोजेको जस्तो कर्मचारी क्रमबद्ध गरी छनोटका लागि सिफारिस गर्नेछ।

विश्वबजार नै एआईको दौडमा अघि बढिरहेको बेला नेपालमा दक्ष जनशक्ति छनोट गर्ने प्रक्रिया सरलीकृत गर्न ‘एप्लिकेशन ट्रयाकिङ सिस्टम’ विकास गरेको कम्पनीका प्रबन्ध निर्देशक शैलेन्द्र राज गिरिले बताए। उनले भने, ‘एउटा जव भ्याकेन्सीमा हजारौँ व्यक्तिहरूले आवेदन दिएका हुन्छन्, रोजगारदाताहरूको लागि सबैको प्रोफाइल स्क्रिन गर्न एकदमै झन्झटिलो हुन्छ। हाम्रो एआई सिस्टमले भ्याकेन्सीमा परेका आवेदनहरू मध्यबाट रोजगारदाताले खोजेको जस्तै कर्मचारी क्रमबद्ध रूपमा छनोट गर्न सुझाव दिन्छ।’

मेरोजवले १ वर्षको अवधि लगाएर एआई सिस्टम ‘एप्लिकेशन ट्रयाकिङ सिस्टम’ तयार पारेको हो। कम्पनीले विगत डेढ दशकदेखि रोजगारी खोज्न प्रक्रिया सरलीकृत गर्दै आइरहेको छ।

यो समाचार शेयर गर्नुहोस्
530SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?