National life

आईपीओ निष्काशनको तयारीमा मेडिकेयर हस्पिटल , साधारण सभा पनि कहिले ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०६ पुस २०८०, शुक्रबार
522Shares
आईपीओ निष्काशनको तयारीमा मेडिकेयर हस्पिटल , साधारण सभा पनि कहिले ?
ncell

काठमाडौं । मेडिकेयर हस्पिटल लिमिटेडले आईपीओ निष्कासनगर्ने प्रस्ताव पारित गर्न वार्षिक साधारण सभा बोलाएको छ।

कम्पनीले आईपीओ निष्कासन गर्ने विशेष प्रस्तावसहित आगामी पुस २८ गते शनिबार हुने २६ औं वार्षिक साधारणसभामा लैजाने तयारि गरेको हो ।सभा अकामा होटल धुम्बाराहीमा विहान ११ बजेदेखि सुरु हुनेछ ।

कम्पनीले हाल कायम चुक्तापूँजीको ४८ दशमलव ८० प्रतिशत बोनस सेयर र १४ दशमलव ३४ प्रतिशत नगद लाभांश गरि कुल ६३ दशमलव १५ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ।

Royal Enfield
nic asia capital

यसैगरी, कम्पनीले उक्त बोनस पछि १२ प्रतिशत हकप्रद निष्कासन गर्ने पस्ताव पनि गरेको छ । कम्पनीले बोनस र हकप्रदपछि कायम हुने पूँजीको १० प्रतिशत सेयर सर्वसाधारणमा निष्कासन गर्ने तयारी गरेको हो ।

साधारण सभाले गत आर्थिक वर्ष २०७९/०८० को वासलात, नाफानोक्सान हिसाव, नगद प्रवाह विवरणसहितको लेखापरीक्षकको प्रतिवेदनमा छलफल गरि पारित गर्नेछ ।

यो समाचार शेयर गर्नुहोस्
522SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?