National life

आईपीओ निष्कासनको प्रस्ताव सहित जगदम्बा हस्पिटालिटी ग्रूपले बोलायो साधारणसभा

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०८ पुस २०८०, आइतबार
519Shares

काठमाण्डौः जगदम्बा हस्पिटालिटी ग्रूप लिमिटेडले आईपीओ निष्कासन गर्ने प्रक्रिया अगाडि बढाएको छ।

कम्पनीले आईपीओ निष्कासन गर्ने विशेष प्रस्ताव आगामी पुस २८ गते शनिबार हुने प्रथम वार्षिक साधारणसभामा लैजाने तयारि गरेको हो ।सभा कम्पनीको रजिष्टर्ड कार्यालय, नक्साल काठमाण्डौमा विहान ११ बजेदेखि सुरु हुनेछ ।

साविकको जगदम्बा हस्पिटालिटी ग्रूप प्राइभेट लिमिटेड गत असार २८ गतेदेखि कम्पनीमा परिणत भएकाले सर्वसाधारण तर्फको समेत हिस्सा कायम गर्न लागेको हो ।

कम्पनीको गत पुस ५ गते बसेको सञ्चालक समितिको बैठकले आईपीओ निष्कासन गर्ने प्रस्ताव लगायत अन्य विविध प्रस्ताव पारितका लागि सभा गर्न लागेको हो ।

ncell
Royal Enfield
सभाले आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गर्नुका साथै गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणलाई समेत स्वीकृती प्रदान गर्नेछ ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
519SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?