National life

आजदेखि राजधानीमा “पाँचौँ राष्ट्रिय महमेला २०८१” आयोजना हुँदै

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२६ वैशाख २०८१, बुधबार
586Shares
आजदेखि राजधानीमा “पाँचौँ राष्ट्रिय महमेला २०८१” आयोजना हुँदै
ncell

काठमाडौँ । “दैनिक एक चम्चा मह सेवन स्वस्थ र दीर्घ जीवन” भन्ने नाराका साथ बुधवारदेखि राजधानीमा “पाँचौँ राष्ट्रिय महमेला २०८१” आयोजना हुने भएको छ।

मङ्गलवार राजधानीमा पत्रकार सम्मेलनमार्फत मह उत्पादन खपत बढाउन फाइदाको पक्षलाई व्यापक रूपमा सर्वसाधारणसम्म सूचना प्रवाह गर्न महमेला आयोजना गर्न लागिएको आयोजक पक्षले जानकारी दिएको छ ।

स्वदेशी महको बजारीकरण तथा मह उत्पादक किसान, मह बिक्रेता र उपभोक्ताहरूबिचको सम्बन्ध प्रगाढ बनाउने उद्देश्यले नेपाल घरेलु तथा साना उद्योग महासंघको आयोजनामा नेपाल मौरी पालक महासंघ, नेपाल मौरी पालन केन्द्रीय सहकारी संघ लिमिटेड र व्यावसायिक किट विकास निर्देशनालयको सह आयोजना रहेको मेला पाँच दिनसम्म चल्ने आयोजक पक्षले जनाएको छ ।

नेपाल मौरी पालक महासंघका अध्यक्ष सुभाष चन्द्र घिमिरेले मह उत्पादक किसानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारसँग जोड्न तथा विभिन्न स्रोतका महको बारेमा उपभोक्तालाई परिचित गराउने महोत्सवको उद्देश्य रहेको बताए ।

Royal Enfield
nic asia capital
व्यावसायिक किट विकास केन्द्रका प्रमुख भोजराज सापकोटाले नेपाली मह विश्वमै उत्कृष्ट हुँदा हुँदै पनि बजार नपाएको अहिलेको अवस्थालाई चिर्न महोत्सवले प्रभावकारी भूमिका खेल्ने अपेक्षा रहेको बताए ।

परागसेचन, निर्यातको सम्भावना, खाद्य सुरक्षामा टेवा पुर्याउने मह र यसको उपयोगितालाई सबैसामु चिनाउन महोत्सव आयोजना गरिएको उनको भनाई थियो । नेपाल मौरी पालन केन्द्रीय सहकारी संघ लिमिटेडका अध्यक्ष जानुकादेवी थापाले नेपालमा उत्पादित महको उत्पादन, खपत र निकासीको प्रशस्त सम्भावना भए पनि सरकारले सुविधा र सहुलियतबारेमा सरकारले पर्याप्त जानकारी दिन नसक्दा यो क्षेत्र नै अलमलिएको बताए ।

यस्तै नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष उमेश प्रसाद सिंहले महको उत्पादनदेखि व्यावसायिक समस्या समाधानका लागि महासंघ सहकार्य गर्न तयार रहेको बताए । “नेपाल १७ औँ अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव–२०८१” कै ब्यानरभित्र वैशाख २६ गतेदेखि ३० गतेसम्म विविध अर्ग्यानिक महका छुट्टै प्याभिलियन मार्फत मह मेला आयोजना गर्न लागिएको हो ।

मेलामा उत्पादक बिक्रेता र उपभोक्ताहरूलाई एउटै छाना मुनी भेट्न सकिने छ । यसले गर्दा उत्पादकहरूले विक्रेता र उपभोक्तासँग एकै पटक अन्तरक्रिया गर्न सक्नुका साथै उपभोक्ताहरूले उत्पादक किसानलाई सहजै भेट्न सक्नेछन् । गुणस्तरीय नेपाली महको बारेमा जानकारी लिन र दिनका लागि पनि मेला महत्त्वपूर्ण रहने अपेक्षा गरिएको छ । मेला मार्फत उपभोक्ताले महको किसिमहरू बारे पनि थाहा पाउनेछन् भने बिक्रेताहरूले उपभोक्ताहरूको चाहना र उत्पादक किसानको महका विशेषता पनि थाहा पाउन सक्नेछन् ।

मेलामा मह काढ्ने तरिका, मह सम्बन्धी सूचनामूलक जानकारी, मौरी पालनका नवीनतम प्रविधिहरूको प्रदर्शनी, मौरीसँग सम्बन्धित सरोकारवालाहरूबिच अन्तरक्रिया तथा गोष्ठी आयोजना हुनेछन् । यस्तै सांस्कृतिक कार्यक्रम तथा राष्ट्रिय स्तरका कलाकारहरूको प्रस्तुतिका साथै महका पारखी उपभोक्ताहरूलाई विभिन्न स्रोतको महको परिचय परिकार महोत्सव मेलाको आकर्षणको रूपमा रहनेछन् ।

यो समाचार शेयर गर्नुहोस्
586SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?