काठमाडौँ । आन्दोलनरत ट्यांकर व्यवसायी र सरकारबीचमा सहमति भएको छ। सोमबार सिंहदरबारस्थित उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा भएको छलफलमा सहमति जुटेको हो ।
छलफलमा १५ दिन भित्र व्यवसायीहरूका माग सम्बोधन गर्ने र अध्ययन गर्न समिति बनाउने विषयमा ट्यांकर व्यवसायीहरू सहमति भएसँगै वार्ता सकिएको हो । पेट्रोलियम पदार्थको ढुवानी गर्न ट्यांकर व्यवसायी सहमति भएका छन् ।
सहमति जुटेसँगै आजदेखि नै नियमित रूपमा पेट्रोल पम्पहरू खुला हुने भएका छन् । यसअघि ट्यांकर व्यवसायीहरूका विभिन्न संघ संस्थाको विरोधका कारण काठमाडौँ उपत्यकामा पेट्रोलियम पदार्थको अभाव देखिएको थियो ।
थानकोटबाट आउने ट्यांकर व्यवसायीहरूले रोकेसँगै उपत्यकामा पेट्रोलियम पदार्थको अभाव भएको हो । जसले गर्दा काठमाडौँका अधिकांश पेट्रोल पम्पहरू बन्द भएका थिए ।






































