National life

आरती पावरले आईपिओ जारी गर्ने, ग्लोबल आइएमई क्यापिटल बिक्री प्रबन्धकमा नियुक्त

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०७ भदौ २०८१, शुक्रबार
460Shares
आरती पावरले आईपिओ जारी गर्ने, ग्लोबल आइएमई क्यापिटल बिक्री प्रबन्धकमा नियुक्त
ncell

काठमाडौँ । आरती पावर कम्पनी लिमिटेडले सर्वसाधारणमा आईपिओ जारी गर्ने भएको छ। कम्पनी आईपिओ जारी गर्ने ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

कम्पनीले प्रति कित्ता अंकित मूल्य  १००।– दरको ३६ लाख कित्ता साधारण सेयरको सार्वजनिक निष्कासन गर्ने सम्झौता कम्पनीले क्यापिटल संग गरेको छ।

Royal Enfield
nic asia capital
आज भएको सम्झौतामा आरती पावर कम्पनी लिमिटेडको तर्फबाट कार्यकारी अध्यक्ष भरत बहादुर खत्री र ग्लोबल आइएमई क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मन्दिप लुइँटेलले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्।

वि।सं। २०७२ सालमा प्रा.लिको रूपमा दर्ता भई वि.सं.२०८० सालमा पब्लिक कम्पनीको रूपमा परिणत भएको यस कम्पनीको अधिकृत पूँजी १ अर्व ४० करोड रुपैयाँ, जारी पुँजी पनि १ अर्व ४० करोड रुपैयाँ र चुक्ता पुँजी १ अर्ब ०४ करोड रहेको यस कम्पनीले ३६ करोड रुपैयाँ बरावरको साधारण शेयर सर्वसाधारणमा निष्काशन गर्न लागेको हो ।

माथिल्लो इर्खुवा जलविद्युत आयोजना कोशी प्रदेश को भोजपुर जिल्लामा अवस्थित छ । आयोजना क्षेत्र भोजपुरको प्रमुख ऐतिहासिक सहर मध्येको एक डिङ्लाबाट करिब १२ किलोमिटर उत्तर पश्चिममा पर्दछ । आयोजना स्थल साल्पा सिलिछो गाउँपालिका र षडानन्द नगरपालिकामा पर्दछ ।

परियोजनाको मुख्य संरचना जस्तै हेडवर्क, सर्ज ट्यांक र पावरहाउस इर्खुवा खोलाको बायाँ किनारमा अवस्थित छ । १४.५ मे.वा.को क्षमता भएको यो आयोजना राष्ट्रिय प्रशारण लाइनमा जोडिइ यथाशक्य चाडो विद्युत वितरण कार्य गरिने योजना रहेको छ ।

यो समाचार शेयर गर्नुहोस्
460SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?