National life

आर्थिक मन्दीको कारण दुई सय सात उद्योग बन्द

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१४ जेठ २०८१, सोमबार
407Shares
आर्थिक मन्दीको कारण दुई सय सात उद्योग बन्द
ncell

काठमाडौँ । रुपन्देहीमा चालु आर्थिक वर्ष २०८०- ८१ मा दुई सय सात उद्योग बन्द भएका छन्।

चालु आवको वैशाखसम्ममा रुपन्देहीमा दुई सय सात उद्योगले कार्यालयबाट लागत कट्टा गराएका छन् । गत आवमा यसरी लागत कट्टा गराउने उद्योगको सङ्ख्या दुई सय १७ रहेको थियो ।

आर्थिक मन्दीको कारण उत्पादन घट्नुका साथै व्यावसायिक कारोबार पनि घट्दै गएको सञ्चालकहरूको भनाई छ ।

Royal Enfield
nic asia capital
उद्योग बन्द गराउने मात्र हैन नयाँ दर्ता गराउने क्रम पनि घट्दै गएको छ भने आव २०७९-८० मा एक हजार एक सय ३० उद्योग दर्ता भएकामा चालु आवमा सात सय २९ मात्र दर्ता भएका छन् ।

गत आवमा एक हजार तीन सय चार व्यवसाय दर्ता भएकामा चालु आवमा हालसम्म एक हजार एक सय ७५ वटा मात्र दर्ता भएका छन् । आव २०७९-८० मा व्यवसाय बन्द गराउनेको सङ्ख्या १९ वटा रहेको थियो भने चालु आवमा हालसम्म २६ वटा व्यवसाय बन्द भएको छ ।

आर्थिक मन्दीको सबैभन्दा बढी असर उत्पादनमूलक उद्योगमा परेको उद्योग वाणिज्य सङ्घका अध्यक्ष ठाकुरकुमार श्रेष्ठ बत्ताउँछन् । रुपन्देही औद्योगिक केन्द्रको रूपमा रहेको छ, यहाँ ठुला–ठुला उद्योग छन्, उनले भने, कतिपय बन्द भइसके भने सञ्चालनमा रहेका पनि ३० देखि ४० प्रतिशत मात्र उत्पादन गर्ने अवस्थामा छन्।

रुपन्देहीमा रहेका १० सिमेन्ट उद्योगमध्ये आधा बन्द भइसकेका छन् । व्यवसाय र अन्य निर्माणजन्य उद्योगको अवस्था पनि नाजुक रहेको उनको भनाइ छ । सरकारले उद्योगी व्यापारीले राखेका सुझाव समयमै कार्यान्वयन गर्नुपर्ने उनको धारणा छ।

यो समाचार शेयर गर्नुहोस्
407SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?