National life

एक महिनाका लागि मुख्यसचिवमा लीलादेवी गड्तौला नियुक्त

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१० साउन २०८१, बिहिबार
477Shares
एक महिनाका लागि मुख्यसचिवमा लीलादेवी गड्तौला नियुक्त
ncell

काठमाडौँ । सरकारले कायममुकायम मुख्यसचिव लीलादेवी गड्तौलालाई मुख्यसचिव नियुक्त गरेको छ । बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले गड्तौलालाई मुख्यसचिव नियुक्त गरेको हो । गड्तौला एक महिनाका लागि मुख्यसचिव नियुक्त  भएका हुन् ।

गड्तौलालाई एक महिनाका लागि भए पनि मुख्यसचिव नियुक्त गरिएको एक मन्त्रीले नेपाल प्रेसलाई जानकारी दिए ।

Royal Enfield
nic asia capital
निजामती क्षेत्रको इतिहासमा २६ जना मुख्यसचिवले प्रशासनिक कमाण्ड सम्हाल्दा पहिलो पटक महिलाले नेतृत्व पाएको हो।

नेपालको प्रशासनिक इतिहासमा पहिलो पटक निमित्त र कामु मुख्यसचिवको जिम्मेवारी गड्तौलाले  पाएकी हुन् । योसँगै गड्तौला नेपालको पहिलो महिला मुख्यसचिव बनेकी छन् । यसअघि उनी प्रधानमन्त्री कार्यालयको सिनियर सचिव भएका कारण कामु मुख्यसचिवको जिम्मेवारी दिइएको थियो । उनी कानुन सेवाबाट सचिव भएकी थिइन् ।

यो समाचार शेयर गर्नुहोस्
477SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?