National life
cg eloctronics

एक वर्षमा जगदम्बाको साढे १५ अर्बको कारोबार, कुन वर्षको कमाई कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१३ साउन २०८१, आइतबार
527Shares
एक वर्षमा जगदम्बाको साढे १५ अर्बको कारोबार, कुन वर्षको कमाई कति ?
ncell

काठमाडौँ। जगदम्बा इन्टरप्राइजेज प्राइभेट लिमिटेड (जेईपीएल) ले एक वर्षको अवधिमा १५ अर्ब ४६ करोडको व्यापार गरेको छ। आर्थिक वर्ष २०२२ मा कम्पनीले १५ अर्ब ४६ करोड १० लाखको व्यापार गरेको हो ।

आर्थिक वर्ष २०२१ मा कम्पनीले १४ अर्ब २६ लाख रुपैयाँको व्यापार गरेको थियो। यसरी हेर्दा कम्पनीको व्यापार आर्थिक वर्ष २०२२ मा भन्दा २०२३ मा १० लाख रुपैयाँले गिरावट आएको देखिएको छ । कम्पनीले जम्मा १५ अर्ब ८० करोड ६६ लाख कर्जाको लागि रेटिङ गराएको छ । जसमध्ये दीर्घकालीन कर्जाको रूपमा १ अर्ब ८८ करोड ६६ लाख र अल्पकालीन कर्जाका लागि १३ अर्ब ९२ करोडको रेटिङ पाएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यस उद्योगले टिएमटी बार र एमएस ब्ल्याक पाइप लगायत विभिन्न आकारका स्टिल उत्पादन गर्दै आएको छ । यस कम्पनीले जगदम्बा र जनशक्ति ब्रान्डका विभिन्न स्टिलजन्य उत्पादन गर्दै आएको छ । यस वार्षिक रूपमा ९ लाख २० हजार ६ सय मेट्रिक टन स्टिलजन्य उत्पादनहरू गर्ने उद्योगको क्षमता रहेको छ ।

देशभरका मुख्य सहरमा सामग्री उपलब्ध रहेको कम्पनीले डण्डी, पाइप, आइरन पाइप, एचआर स्ट्रिप्स, सटर प्रोफाइल, सटर गाइड, सटर स्प्रिङ, लक प्लेट, प्रिफ्याब्रिकेटेड बिल्डिङ कम्पोनैनटलगात अन्य विभिन्न स्टिलका पोल लगायतका सामाग्री उत्पादन गर्दै आएको छ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
527SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?