National life

एमसीए-नेपाल र ट्रान्सरेल लाइटिङबीच १८ किमि सीमापार प्रसारण लाइन निर्माण गर्न हस्ताक्षर

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१४ भदौ २०८१, शुक्रबार
760Shares
एमसीए-नेपाल र ट्रान्सरेल लाइटिङबीच १८ किमि सीमापार प्रसारण लाइन निर्माण गर्न हस्ताक्षर
ncell

काठमाडौँ — एमसीए–नेपालले एमसीसी–नेपाल कम्प्याक्ट अन्तर्गतको १८ किमी सीमा पार प्रसारण लाइन निर्माण सम्झौतामा हस्ताक्षर गरेको छ ।

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्लामा निर्माणाधीन ४०० केभी क्षमताको नयाँ बुटवल सबस्टेशनदेखि नेपाल–भारत सीमासम्म २१ महिनाको करार अवधिमा निर्माण गरिने यो १२३.६० लाख अमेरिकी डलरको सम्झौता ट्रान्सरेल लाइटिङ लिमिटेडसँग गरिएको जनाएको छ ।

अर्थ मन्त्रालय, नेपाल विद्युत् प्राधिकरण, एमसीसी तथा एमसीए–नेपालका पदाधिकारीहरूको समुपस्थितमा आयोजित एक समारोहमा एमसीए–नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्ट र ट्रान्सरेल लाइटिङ लिमिटेडका प्रतिनिधि अमोल वाफ्देले उक्त सम्झौतामा हस्ताक्षर गरेका छन् ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले १८ किमी अंश निर्माण आयोजना मात्रै नभई नेपालको ऊर्जा पूर्वाधारमा सुधार गर्ने र भारतसँगको सीमापार ऊर्जा सहकार्यलाई थप गहन बनाउने सन्दर्भमा महत्त्वपूर्ण सेतु भएको बताए ।

Royal Enfield
nic asia capital
'यो उपलब्धि संलग्न भएका सबैको रणनैतिक दूर दृष्टि र प्रतिबद्धताको प्रमाण हो ।’

समारोहलाई सम्बोधन गर्दै एमसीसीका आवासीय राष्ट्रिय निर्देशक डायन एल.फ्रान्सिस्कोले भनिन्,‘१८ किमी सीमा पार प्रसारण लाइन निर्माणका लागि सम्झौता गर्ने सन्दर्भमा प्राप्त यो सफलतापूर्ण नेपालको ऊर्जा परिदृश्य र आर्थिक भविष्यलाई रूपान्तरण गर्ने हाम्रो साझा यात्राको एउटा मुख्य कोश ढुङ्गा हो । यो उपलब्धि एमसीसी नेपाल कम्प्याक्टले गएको वर्ष हासिल गरेका कैयौँ सफलतामध्ये एउटा हो तर यसले बृहत् २९७ किमी लामो प्रसारण लाइन निर्माणका लागि मार्ग प्रशस्त गर्ने भएकोले यसको विशेष महत्त्व छ ।’

एमसीए–नेपालका कार्यकारी निर्देशक विष्टले एमसीसी नेपाल कम्प्याक्टको पहिलो वार्षिकोत्सव मनाउँदै गर्दा हस्ताक्षर गरिएको यस निर्माण सम्झौताले गरिरहेको प्रगतिको स्पष्ट सूचक भएको उल्लेख गरे । अर्थ मन्त्रालयका सचिव एवं एमसीए–नेपाल सञ्चालक समितिका अध्यक्ष रामप्रसाद घिमिरेले भने,‘निर्माण सम्झौता सम्पन्न भइसकेका कुल १२.६० करोड अमेरिकी डलर बजेटयुक्त तीन वटा सबस्टेशनसहित यो १८ किमी प्रसारण लाइनले नेपालको ऊर्जासम्बन्धी आन्तरिक लक्ष्य हासिल गर्नुका साथै क्षेत्रीय ऊर्जा बजारमा नेपाललाई स्थापित गराउन नेपाललाई सघाउने सन्दर्भमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ ।’

‘छिटो निर्माण सम्पन्न गर्नका लागि बृहत् प्रसारण लाइनबाट छुटाइएको यस १८ किमी सीमा पार अंशले यस राष्ट्रिय गौरवको आयोजनाको लक्ष्य हासिल गर्नमा नेपाल सरकारको प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ र सबै सरोकारवालाबिचको सहकार्यात्मक प्रयासले सफलतापूर्ण उपलब्धि दिलाउँछ भन्ने कुराको पुष्टि गर्दछ ।’ बाँकी २९७ किमी प्रसारण लाइन निर्माणका लागि यसै वर्षको अन्त्य सम्ममा बोलपत्र आह्वान गर्न तयारी गरिरहेको एमसीए–नेपालले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

यो समाचार शेयर गर्नुहोस्
760SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?