National life

ओरियण्टल होटल्सद्वारा लाभांश घोषणा, वार्षिक सभा कहिले बस्दै छ ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२८ भदौ २०८१, शुक्रबार
521Shares
ओरियण्टल होटल्सद्वारा लाभांश घोषणा, वार्षिक सभा कहिले बस्दै छ ?
ncell

काठमाडौँ। ओरियण्टल होटल्स् लिमिटेडले लाभांश घोषणा गरेको छ। भदौ २७ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले गत आवका लागि सेयरधनीहरुलाई ५ प्रतिशत बोनस सेयर र ०.२६३१६ नगद लाभांश (कर प्रयोजनका लागि) गरी जम्मा ५.२६३१६ वितरण गर्ने निर्णय गरेको हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

असोज २० गते ललितपुरको जावलाखेलमा रहेको नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा २७ औँ वार्षिक साधारण सभा गर्ने कम्पनीको निर्णय रहेको छ । बैठकमा लाभांशको प्रस्ताव र सोही अनुसार चुक्तापूँजी वृद्धि गर्ने प्रस्ताव पारित गर्ने प्रस्ताव रहेको छ।

यस्तै सभामा आव २०८०/०८१ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, लेखापरिक्षकको प्रतिवेदन सहितको २०८१ असार मसान्तको वासलात तथा आव २०८०/०८१ को नाफा नोक्सान हिसाब, एवम् सोही अवधिको नगद प्रवाह विवरण, ईक्वीटीमा भएको परिवर्तन लगायत वार्षिक आर्थिक विवरणसँग सम्बन्ध वित्तीय विवरण सहितका अनुसूचीहरू उपर छलफल गरी पारित गर्ने र आव २०८१/०८२ को लागि लेखापरिक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव रहेको छ

लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि कम्पनीले असोज ७ गतेदेखि २० गतेसम्म कम्पनीको बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ असोज ६ गतेसम्म नेप्सेमा कायम शेयर धनीहरू मात्रै लाभांश प्राप्त गर्न र सभामा सहभागी हुन सक्नेछन् ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
521SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?