National life

कवाडी व्यवसाय हटाउन पत्र पठाएको भन्दै कवाड व्यवसायी समाजको आपत्ति

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२९ माघ २०८०, सोमबार
588Shares
कवाडी व्यवसाय हटाउन पत्र पठाएको भन्दै कवाड व्यवसायी समाजको आपत्ति
ncell

काठमाडौं । काठमाडौं महानगरपालिकाभित्र दर्ता भई व्यवसाय गर्दै आएका कवाडी व्यवसायीलाई व्यवसाय हटाउन भन्दै वडा कार्यालयबाट पत्र पठाएको भन्दै कवाड व्यवसायी समाजले आपत्ति जनाएको छ ।

एक विज्ञप्ति जारी गर्दै अध्यक्ष रामकेवल गुप्ताले महानगरपालिका भित्रका विभिन्न वडा कार्यालयहरुले कवाडी व्यवसायदर्ता नविकरण नगरिदिएको र व्यवसाय हटाउन भन्दै पत्रचार गरेको बताएका हुन् ।‘महानगरका विभिन्न वडा कार्यालयहरुवाट कवाडी हटाउने सम्बन्धमा पत्रहरु प्राप्त भएको हुदा यस विषयमा हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ । काठमाडौं महानगरपालिकाको रिङरोड भित्रका कवाडी व्यवसाय हटाउने नीतिका विरुद्ध र यस महानगरपालिका भित्रका विभिन्न वडा कार्यालयहरुले कवाडी व्यवसायदर्ता नविकरण नगरिरहेको विषयमा हाम्रो घोर आपत्ती रहेको छ,’– विज्ञप्तिमा भनिएको छ।

Royal Enfield
nic asia capital

आफूहरुले प्रचलित कानुन बमोजिम दर्ता भएर सरकारलाई तिर्नुपर्ने कर तिर्दै आएको र कानुन बमोजिम दर्ता रही वैधानिक तवरले व्यवसाय गर्दै आएका व्यवसायीलाई निर्वाध रुपमा व्यवसाय संचालन गर्न दिन गुप्ताले अनुरोध गरेका छन् ।

कवाडी व्यवसायीले वातावरण प्रदुषण गरेको, फोहर गरेको भन्ने कुरा सरासर गलत भएको र कवाडी व्यवसायीले बरु फोहर संकलन गरेर वातावरण सफा राख्न सहयोग गरेको कवाड व्यवसायी समाजको दाबी छ । कवाडी व्यवसाय हटाउदा लाखौं मानिसको रोजगारी गुम्ने र सरकारको राजस्व संकलनमा समेत प्रत्यक्ष असर पर्ने विज्ञप्तिमा उल्लेख छ ।

कवाड व्यवसायी समाजले देशमा संचालित उद्योगहरुलाई चाहिने पुनः प्रयोग गर्न मिल्ने सामग्रीको ७० प्रतिशत समानको कवाडी व्यवसायीले सप्लाइ गरिरहेको दाबी गरेको छ ।

यो समाचार शेयर गर्नुहोस्
588SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?