काठमाडौँ । काठमाडौँमा उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले डेढ किलो बढी अवैध सुन र झन्डै डेढ करोड रुपैयाँ बरामद गरेको छ ।
उक्त उल्लेखित रकम सहित काठमाडौँबाट सात जनालाई पक्राउ गरेको अपराध अनुसन्धान कार्यालयका प्रहरी प्रमुखले जानकारी दिएका छन्। प्रहरीका अनुसार काठमाडौँ महानगरपालिका–२४ दुछेंननी टोलबाट १ हजार ७६८.२५ ग्राम सुन र १ करोड ४३ लाख ६० हजार रकम बरामद गरिएको हो ।
पक्राउ पर्नेमा दार्चुलाको महाकाली नगरपालिका–३ टाँटेका ४७ वर्षीय गणेशदत्त बढु, २१ वर्षीय आयुष बडु, भारत महाराष्ट्रका ३७ वर्षीय अमोल विभूते, १८ वर्षीय ऋषि केश प्रकाश बिभूते, १८ वर्षीय गणेश सतिश बाल्टे, झापाको बिर्तामोड नगरपालिका३ का ३० वर्षीय दिनेश खरेल, २२ वर्षीय भरतराज खरेल रहेका छन्


































