काठमाडौँ। हेलिकप्टर चार्टर्ड कम्पनीहरूले उडानको भाडा दर बढाएका छन्। असोज १५ (अक्टोबर १) देखि लागू हुने गरी कम्पनीहरूले विभिन्न गन्तव्यका लागि भाडा दर बढाएका हुन्।
गत जेठ २१ गते हेलिकप्टर कम्पनीका प्रतिनिधिहरूले गरेको सहमतिअनुसार काठमाडौँबाट हुने उडानसहित विभिन्न गन्तव्यको भाडा दरमा ४ देखि ५ प्रतिशतसम्मको वृद्धि गरेको जानकारी दिएको छ ।
भाडा दरको सूचीअनुसार सबैभन्दा बढी भाडा काठमाडौँदेखि दार्चुलाको १४ लाख रुपैयाँ निर्धारण भएको छ । भने नेपालीहरूका लागि सबैभन्दा कम शुल्क काठमाडौँबाट गोसाइकुण्डको रहेको छ। यहाँ जान आउन दुईतर्फी यात्राका लागि डेढ लाख रुपैयाँ तिर्नुपर्छ।
कहाँ जान कति लाग्छ भाडा विस्तृतमा हेर्नुहोस् :
काठमाडौं -गोसाइँकुण्ड-काठमाडौंः १ लाख ५० हजार रुपैयाँ।
काठमाडौं -वीरगन्ज-काठमाडौंः २ लाख २० हजार रुपैयाँ।
काठमाडौं -जनकपुर-काठमाडौंः ३ लाख रुपैयाँ।
काठमाडौं -ओखलढुंगा-काठमाडौंः २ लाख २० हजार रुपैयाँ।
काठमाडौं -पोखरा-काठमाडौंः ३ लाख ३० हजार रुपैयाँ।
काठमाडौं (फाप्लु) काठमाडौंः ३ लाख रुपैयाँ।
काठमाडौं_खोटाङ_काठमाडौंः ३ लाख रुपैयाँ।
काठमाडौं (मुक्तिनाथ-काठमाडौं:५ लाख २५ हजार रुपैयाँ।
काठमाडौं (धरान) काठमाडौंः ४ लाख ४० हजार रुपैयाँ।
काठमाडौं ९भैरहवारबुटवल९काठमाडौंः ४ लाख २५ हजार रुपैयाँ।
काठमाडौं -भोजपुर-काठमाडौंः ३ लाख ९० हजार रुपैयाँ।
काठमाडौं -ताप्लेजुङ-काठमाडौंः ४ लाख ९० हजार रुपैयाँ।
काठमाडौं -विराटनगर-काठमाडौंः ४ लाख ८० हजार रुपैयाँ।
काठमाडौं -पाथीभरा- काठमाडौंः ५ लाख २५ हजार रुपैयाँ।
काठमाडौं -दाङ-काठमाडौंः ६ लाख २५ हजार रुपैयाँ।
काठमाडौं -चन्द्रगढी- काठमाडौंः ५ लाख ७५ हजार रुपैयाँ।
काठमाडौं ९नेपालगञ्ज९काठमाडौंः ७ लाख ५० हजार रुपैयाँ।
काठमाडौं -सुर्खेत-काठमाडौंः ७ लाख ५० हजार रुपैयाँ।
काठमाडौं -धनगढी-काठमाडौंः ११ लाख रुपैयाँ।
काठमाडौं -रारा-काठमाडौंस् ११ लाख रुपैयाँ।
काठमाडौं -डडेलधुरा -काठमाडौं: १२ लाख ७५ हजार रुपैयाँ।
काठमाडौं -सिमीकोट -काठमाडौं: १२ लाख ७५ रुपैयाँ।
पर्यटकका लागि गरिने हिमाली क्षेत्रको उडानका लागि समेत भाडा बढेको छ। नयाँ भाडा अनुसार लुक्लाबाट सगरमाथा र मकालु क्षेत्र जानका लागि सबैभन्दा कम फाक्दिङका लागि ४०० डलर रहेको छ।






































