काठमाडौं । कामना सेवा विकास बैंकले तिलोत्तमा, रुपन्देही स्थित आइएनजीए सपिङ कम्प्लेक्ससँग सेवा शुल्क छुट सम्बन्धी सम्झौता गरेको छ ।
यस सम्झौता अन्तर्गत बैंकका कर्मचारी र ग्राहकहरूले सपिङ कम्प्लेक्सको विभिन्न सेवा जस्तै कपडाहरू, घरायसी र इलेकट्रोनिक उपकरण, एफएमसीजी–फुड तथा एफएमसीजी–नन–फुडमा १० प्रतिशत छुट सम्म प्राप्त गर्न सक्नेछन् । ग्राहकहरूले बैंक सँगको आबद्धता भएको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ । यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्ण महानुभावहरूले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ ।
हाल बैंकले आफ्ना १३५ सञ्जालहरू तथा ७७ एटिएम तथा विभिन्न शाखा रहित सेवा केन्द्र मार्फत आफ्नो अत्याधुनिक सेवा सुविधाहरू प्रदान गरी रहेको छ ।

































