National life

कोटीभीटी नेपाल प्रालिविरुद्ध ५ अर्ब १८ करोड बिगो दाबी गर्दै मुद्दा दर्ता

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१८ चैत २०८०, आइतबार
531Shares
कोटीभीटी नेपाल प्रालिविरुद्ध ५ अर्ब १८ करोड बिगो दाबी गर्दै मुद्दा दर्ता
ncell

काठमाडौं । अमेरिकी लगानीको आइटी कम्पनी कोटीभीटी नेपाल प्रालिविरुद्ध राजस्व अनुसन्धान विभागले मुद्दा दर्ता गरेको छ।

विभागले आइतबार कर छली अभियोगमा उच्च अदालत पाटनमा कोटीभीटी नेपालविरुद्ध मुद्दा दर्ता गराएको हो। राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन २०५२ को दफा ३ ले निषेध गरेको कार्य गरी त्यही ऐनको दफा ४ को (क), (ग), (च) र (झ) बमोजिमको कसुर गरेको दाबीसहित उक्त कम्पनीविरुद्ध मुद्दा दर्ता गरिएको छ।

विभिन्न आर्थिक वर्षमा सेयर स्वामित्वमा परिवर्तन भएको देखिए पनि कम्पनीको सेयर स्वामित्वमा भएको परिवर्तनअनुसार मध्यमस्तरीय करदाता कार्यालयलगायत निकायमा प्रचलित कर कानुनबमोजिम बुझाउनुपर्ने आयकर ऐन, २०५८ बमोजिमको कर तथा मूल्य अभिवृद्धि ऐन, २०५२ बमोजिमको कर राजस्व दाखिला नगरेको पाइएको विभागको भनाई छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

मुख्य कम्पनीको लागि व्यवसायिक कारोबार गर्ने, मुख्य कम्पनीको व्यवसायिक प्रतिनिधित्व गर्ने तथा मुख्य कम्पनीको नेपालस्थित कानुनी रुपमा मान्य प्रतिनिधिसमेत देखिँदा मूल्य अभिवृद्धि कर ऐन, २०५२ को अनुसूची–२ को दफा २ (क) आकर्षित हुने नदेखिएको सन्दर्भमा कर असुल गर्नुपर्नेमा असुल गरेको नदेखिएकोले भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा ७ (क) र ७ (ख) आकर्षित हुने देखिएकोले राजस्व चुहावट अनुसन्धान तथा नियन्त्रण ऐन, २०५२ को दफा १० को उपदफा (३) बमोजिम थप अनुसन्धानको लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा लेखी पठाउने निर्णयसमेत भएको विभागले जनाएको छ।

विभागले ४ अर्ब ७६ करोड राजस्व चुहावट कसुर पुष्टि भएको भन्दै कुल बिगो रकम ५ अर्ब १८ करोड कायम गरी मुद्दा चलाएको हो।

यो समाचार शेयर गर्नुहोस्
531SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?