National life

कोरिया जाने कामदारको हवाई उडानका लागि बोलपत्र आह्वान, के- के छन् मापदण्ड ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२७ असार २०८१, बिहिबार
353Shares
कोरिया जाने कामदारको हवाई उडानका लागि बोलपत्र आह्वान, के- के छन् मापदण्ड ?
ncell

काठमाडौं। रोजगारपत्र अनुमति प्रणाली (ईपीएस) मार्फत दक्षिण कोरिया जाने नेपाली कामदारको हवाई उडानका लागि बोलपत्र आह्वान गरिएको छ ।

कोरियन एयरसँग गरिएको एक वर्षे सम्झौता सकिन लागेपछि बोलपत्र आह्वान गरिएको हो।ईपीएस कोरिया शाखाले काठमाडौंदेखि कोरियाको सिओलसम्म हवाई उडानका लागि बोलपत्र आह्वान गरेको हो।

हाल कोरियन एयरलायन्सले एकल रूपमा ईपीएस मार्फत कोरिया जाने नेपाली श्रमिकहरूलाई लग्दै आएको छ ।

Royal Enfield
nic asia capital
आगामी आर्थिक वर्ष २०८१-०८२ देखि एक वर्षसम्म सिओलसम्म कामदार पुर्याउनको लागि बोलपत्र आह्वान गरिएको हो । विद्युतीय माध्यमबाट बोलपत्र आह्वान गरेको ईपीएस कोरिया शाखाले ३१ दिने सूचना सार्वजनिक गरेको छ ।

बोलपत्र वापतको शुल्कको लागि २० हजार रूपैयाँ दस्तुर तोकिएको छ । त्यसका लागि तीन करोड ८५ लाख रूपैयाँको धरौटी रकम माग गरिएको छ । दआवेदन दिँदा सीधा उडानको हवाई भाडादर र ट्रान्जिट उडानको भाडादर बराबर हुन आएमा सीधा उडानलाई प्राथमिकता दिइने शाखाले जनाएको छ ।

हाल कोरियन एयरलायन्सले ८९५ अमेरिकी डलरमा काठमाडौंदेखि सिओलसम्म सिधा उडानमार्फत कामदार पु(याउँदै आएको छ ।

यो समाचार शेयर गर्नुहोस्
353SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?