National life

गेस्ट हाउसमा अचेत अवस्थामा भेटिएकी युवतीको उपचारको क्रममा मृत्यु

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|११ साउन २०८१, शुक्रबार
482Shares
गेस्ट हाउसमा अचेत अवस्थामा भेटिएकी युवतीको उपचारको क्रममा मृत्यु
ncell

काठमाडौँ । ललितपुर स्थित ग्वार्कोको एक गेस्ट हाउसमा अचेत अवस्थामा फेला परेकी युवतीको मृत्यु भएको छ ।

शुक्रवार बिहान ग्वार्कोस्थित सनलाइट गेष्ट हाउसमा अचेत अवस्थामा भेटिएकी ती युवतीको उपचारका क्रममा बी एण्ड बी अस्पतालमा मृत्यु भएको हो ।

गोदावरी नगरपालिका ८ डुकुछाप घर भई हाल सात दोबाटो बस्दै आएका एक युवकसँग बुधवार गेस्ट हाउसमा आएकी थिइन् । तर, बिहानको समय युवती बेहोस भएपछि उपचारका लागि बी एण्ड बी अस्पतालमा लगिए पनि उनको मृत्यु भएको ललितपुर प्रमुख एसपी नरेशराज सुवेदीले बताए ।

Royal Enfield
nic asia capital

प्रहरीका अनुसार युवतीसँगै रहेका युवकको पनि श्वास प्रश्वासमा समस्या आएको छ । प्रहरीको निगरानीमा उनको पनि बी एन्ड बी अस्पतालमै उपचार भइरहेको छ । घटनाबारे छानबिन भइरहेको प्रहरीले जनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
482SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?