National life

जाँचबुझको बहानामा पक्राउ गर्नु अमानवीय हर्कत हो : उद्योग वाणिज्य संघ

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१९ माघ २०८०, शुक्रबार
558Shares
जाँचबुझको बहानामा पक्राउ गर्नु अमानवीय हर्कत हो : उद्योग वाणिज्य संघ
ncell

काठमाडौं । उद्यमी व्यवसायी एवं सी.जी. होल्डिङ्गसका अध्यक्ष एवं प्रबन्ध निर्देशक अरुण कुमार चौधरीलाई तत्काल रिहा गर्न नेपाल उद्योग वाणिज्य संघ काठमाण्डौंले माग गरेको छ ।

संघले शुक्रबार एक विज्ञप्ती जारी गर्दै सरकारी जग्गा हडपेको बारे अनुसन्धानका क्रममा बुझ्ने बहानामा पक्राउ गर्नु अमानवीय क्रियाकलाप भएको संघको भनाई छ ।

Royal Enfield
nic asia capital

संघद्धारा जारी विज्ञप्तीमा भनिएको छ, ‘कुनै पनि विषयमा सुक्ष्म अनुसन्धान कै क्रममा सप्रमाण दोषी ठहर नहुँदै थुन्ने अनि मात्र सुन्ने प्रक्रिया प्रति हाम्रो असहमति छ । विगतमा पनि जग्गा कै नाममा उद्यमी व्यवसायीहरुलाई महिनौ थुन्ने काम भएको थियो ।

जग्गाको विषयमा अनुसन्धान बाट गलत र दोषी देखिए विवादित जग्गा कहीं नजाने र सो हकवालाले कब्जा गरी लिन दिन सकिने विषय हो । यसलाई निहुँ बनाएर व्यक्तिलाई हिरासतमा राख्नु सही कदम हुन सक्दैन ।’

यो समाचार शेयर गर्नुहोस्
558SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?