काठमाडौँ। नागर्जुन घर भएकी रुपा गिरी खड्का एस.एल.सी परीक्षामा फेल भए पनि जीवन संघर्षको परीक्षामा पास भइरहिन् । टेम्पु चलाउने रहर भएकै कारण मैले एक हप्तामै लाइसेन्स निकालेु उनले भनिन् ।
१९ वर्षको कलिलो उमेरदेखि नै उनले टेम्पु चलाउन थालेकी थिइन् । काठमाडौँको चन्द्र गिरिमा जन्मिएकी रुपाको परिवारमा आमा र दाइ हुनु हुन्थ्यो जुन बेला उनको मन मतिष्कमा मैले टेम्पु चलाउन सक्छु है भन्ने आसको टाकुरा पलाएको थियो। एस।एल। सी।मा फेल भएका कारण उनी टिउसन पढ्न वीर अस्पताल अगाडिको टिउसन सेन्टेर धाउँथिन्।
अरूले टेम्पु चलाएको उनी हेरि रहन्थिन् । लक्ष्य र रहरले नै मान्छेलाई गन्तव्यमा पुरयाउछ भने झैँ उनको रहरलाई उनका दाइले नि स्वीकार गरे । रत्नपार्कमा टेम्पु सिक्ने ठाउँसम्म पुग्ने बाटो उनका दाइले नै कोरेको रुपा सुनाउँछिन् ।
टेम्पु चलाउन थालेको दुई वर्षमै उनले प्रेम विवाह गरिन् । दुई छोरालाई पढाउने देखि घर व्यवहारको खर्च समेत उनले टेम्पु चलाएकै भरमा पुर्याउने गर्छिन् । उनका श्रीमान् पनि गाडी चालक हुन् । चार परिवारका साथमा रुपाको जीवन हासि खुसी बिती रहेको छ । पैसा पनि हुने समय पनि कट्ने भएकाले उनी यो पेसामा रमाइ रहेकी छिन् ।
महिला माथि कतिपय ठाउँहरूमा अमानवीय घटनाहरु घटी रहेका छन् । महिला चालिका हुँदा कुनै कठिनाई भोग्नु भयो भनी सोध्दा, उनी भन्छिन् ‘भर्खर भर्खर टेम्पु चलाउँदा दशैको समयमा एक यात्रुले मेरो बहिनी यसरी टेम्पु चलाउने गरेको भए खुट्टा बाँधेर राख्थे भनेको वचन एकदमै नमिठो लागेको थियो’ । कुरा थप्दै फेरि उनले भनिन् ‘ मैले त्यस्तो लाग्छ भने नचढ्नु भनी बिचमै ओरलिदिए।’
रत्नपार्कदेखि सिता पाइलासम्म यात्रुलाई आफ्नो गन्तव्यमा पुर्याउने काम रुपा गर्छिन् । आफ्नै टेम्पु भएकाले पनि उनलाई जीविका चलाउन सहज भएको छ । दिनमै ४,५ हजार कमाई गर्छिन् रुपा । देश छोडेर बिदेसिने लहर बढी रहेको बेला गर्ने साहस र जाँगर भए देशमै रमाउन सकिन्छ भन्ने उदाहरणीय पात्र बनेकी छिन् रुपा ।






































