National life
cg eloctronics

टेलिकमका निलम्बित प्रबन्ध निर्देशक पौडेललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१३ वैशाख २०८१, बिहिबार
615Shares
टेलिकमका निलम्बित प्रबन्ध निर्देशक पौडेललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
ncell

काठमाडौँ । नेपाल टेलिकमका निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेललाई विशेष अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।

न्यायाधीश तेजनारायण सिंह राई, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले गैर कानुनी सम्पत्ति आर्जनमा उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको विशेष अदालतको  सूचना शाखाले जनाएको छ ।

पौडेलविरुद्ध अख्तियारले ९ वैशाखमा गैर कानुनी सम्पत्ति आर्जनको मुद्दा दायर गरेको थियो । सरकारी सेवामा रहेको अवधिमा उनले आर्जन गरेको सम्पत्तिमध्ये २३ करोड ७५ लाखको स्रोत नखुलेको अख्तियारको भनाइ छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

विशेष अदालतको आदेशपछि पौडेललाई डिल्लीबजार कारागारमा लगिएको छ । पौडेललाई नेशनल पेमेन्ट गेटवेको प्रणाली खरिदमा पनि विशेष अदालतले दोषी ठहर गरेको थियो ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
615SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?