National life

ठुला देश र राम्रो कमाइको आशा देखाएर १० करोड बढी ठगी गर्ने लामा पक्राउ

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१७ पुस २०८०, मङ्गलबार
423Shares
ठुला देश र राम्रो कमाइको आशा देखाएर १० करोड बढी ठगी गर्ने लामा पक्राउ
ncell

काठमाडौं । रोजगारीका लागि लिथोनिया, क्यानडा, सिंगापुर जस्ता देशमा पठाउने भनी दश करोडभन्दा बढी रकम ठगी गर्ने ‘एसइई स्टार ट्रेनिङ सेन्टर’ का सञ्चालक लालबहादुर लामा पक्राउ परेका छन् ।

ललितपुरको केन्जोसोम गाउँपालिका - १ का ४७ वर्षीय लामाले सुवास वाईबा, राजेश तुम्सीङ् मगर, दावा लामा समेतलाई विभिन्न देशहरु लिथोनिया, क्यानडा, सिंगापुरमा आकर्षक तलव हुन्छ भनी प्रलोभनमा पारी युवाहरुबाट पाँच लाखदेखि १५ लाख रुपैयाँसम्म लिने गरेका थिए ।

उनले वैदेशिक रोजगारमा पठाउन नसकेको र कतिपय व्यक्ति सिङ्गापुर पुगेपछि विमानस्थलबाट नेपाल फर्काएको भन्दै पीडितहरुले वैदेशिक रोजगार विभागमा उजुरी दिएको प्रहरीको भनाई छ । ट्रेनिङ सेन्टरबाट ९९७ राहदानी बरामद गरिएको र थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
423SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?