National life

डायमन्डको अन्तर्राष्ट्रिय ब्रान्ड अजाया र नेपाल–अल अलि ग्रुप युएईबिच साझेदारी

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२३ माघ २०८०, मङ्गलबार
546Shares
डायमन्डको अन्तर्राष्ट्रिय ब्रान्ड अजाया र नेपाल–अल अलि ग्रुप युएईबिच साझेदारी
ncell

काठमाडौं । डायमन्ड (हिरा) को अन्तर्राष्ट्रिय ब्रान्ड अजाया नेपाल र दुबईको अल अली ग्रुप बिचमा व्यावसायिक साझेदारी सम्झौता भएको छ।

अजाया ब्रान्डलाई विश्व बजारमा लैजाने र नेपालमा पर्यटन व्यवसायमा साझेदारी गर्ने उद्देश्यका साथ दुई व्यापारिक समूहले समझदारीपत्र (एमओयू) मा हस्ताक्षर गरेका छन्।

अल अली ग्रुपका कार्यकारी अध्यक्ष याकुव अल अली र अजाया नेपालका राकेशकुमार अडुकियाले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन । यो समझदारीले विज्ञता र लगानीलाई एकै ठाउँ ल्याएको हुँदा अजायाले छोटो समयमै विश्व बजारमा पहिचान बनाउने अपेक्षा गरिएको छ।

Royal Enfield
nic asia capital

त्यसैगरी अजायाले विश्वकै चर्चित पर्यटन गन्तव्य दुबईको प्रतिष्ठित कम्पनीलाई नेपालको पर्यटन क्षेत्रमा लगानी गर्न समझदारीले प्रोत्साहित गर्ने भएको छ। विश्व बजारमा नेपाली हस्तकलाको प्रवर्द्धनमा पनि यो समझदारी कोसेढुंगा बन्न सक्ने अपेक्षा गरिएको छ।

समझदारीबारे अजायाका राकेश अडुकियाले भने, ‘अजाया हामीले डायमन्डमा हासिल गरेको विशेषज्ञताका आधारमा अघि बढाइएको ब्रान्ड हो। यसलाई नेपालमा मात्रै नभएर विश्व बजारमै स्थापित गर्ने लक्ष्य छ।

अल अली ग्रुपसँगको साझेदारीले लगानी र विशेषज्ञतालाई एकै ठाउँ ल्याउने काम गरेकाले यो नेपाली ब्रान्ड छोटो समयमै विश्व बजारमा स्थापित हुने अपेक्षा गरेका छौं।’ त्यसैगरी ठूलो सम्भावना रहेको नेपालको पर्यटन क्षेत्रमा विदेशी लगानी भित्र्याउन पनि यो समझदारीले सहयोग गर्ने उनले बताए।

यो समाचार शेयर गर्नुहोस्
546SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?