National life

ढल्केबर सबस्टेसन ट्रान्सफर्मरमा समस्या देखिदा जनकपुर क्षेत्रमा विद्युत आपूर्ति प्रभावित

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२० भदौ २०८१, बिहिबार
496Shares
ढल्केबर सबस्टेसन ट्रान्सफर्मरमा समस्या देखिदा जनकपुर क्षेत्रमा विद्युत आपूर्ति प्रभावित
ncell

काठमाडौँ। धनुषाको ढल्केबरस्थित सब स्टेसनको पावर ट्रान्सफर्मरमा समस्या आउँदा जनकपुर क्षेत्रको विद्युत् आपूर्ति प्रभावित भएको छ।

ढल्केबर सबस्टेसनमा रहेको १३२/३३ केभी, ६३ एमभीए क्षमताका दुई वटा पावर ट्रान्सफर्मरमध्ये मङ्गलवार बेलुकाबाट एउटामा समस्या देखिएको छ । दुई वटा ट्रान्सफर्मरबाट करिब ९० एमभीए भार (लोड) आपूर्ति भइरहेकामा एउटामा समस्या आएपछि ३० एमभीए लोड काटिएको छ ।

यस कारणले गर्दा उक्त सब स्टेसनबाट आपूर्ति भइरहेको धनुषाको जनकपुरधाम, यदुकुवा, धनुषाधाम, सखुवा, महोत्तरीको जलेश्वर, गौशाला, बर्दिबास, सिन्धुलीको भिमानलगायतका क्षेत्रको विद्युत् आपूर्ति प्रभावित भएको हो ।

Royal Enfield
nic asia capital

प्राधिकरण मधेश प्रादेशिक कार्यालयका निर्देशक मुनिन्द्र ठाकुरले ट्रान्सफर्मर बिग्रिएका कारण प्रभावित भएको विद्युत् आपूर्तिलाई नियमित गर्न भारतको सुरसण्डबाट ३३ केभी प्रसारण लाइनबाट विद्युत् ल्याउन लागिएको बताए । सुरसण्ड–जलेश्वर लाइन नचलेको धेरै भएकाले अहिले लाइनको मार्गधिकारमा पर्ने रुखविरुवा काट्न थालिएको र शुक्रवारसम्म लाइन चालू गरी विद्युत् ल्याउने प्रयास भइरहेको ठाकुरले जानकारी दिए ।

प्राधिकरणको ढल्केबर ग्रिड महाशाखाका प्रमुख विनोद लोहनीले ट्रान्सफर्मरमा देखिएको समस्या समस्या समाधानका लागि उत्पादक कम्पनीसँग कुरा भइरहेको बताए । उनले भने, ‘निरन्तर पानी परिरहेकाले ट्रान्सफर्मर खोल्न समस्या भइरहेको छ, फल्ट पत्ता लागेमा एक दिनभित्रमा मर्मत हुनसक्छ नत्र अर्को ट्रान्सफर्मर ल्याएर जडान गर्नु पर्ने भएमा १० देखि १५ दिनसम्म लाग्न सक्छ ।’

यो समाचार शेयर गर्नुहोस्
496SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?