National life

तेस्रो चरणको परिक्षण सम्पन्न गरेको बन्दीपुर केबुलकार भोलीदेखि सञ्चालनमा आउने

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|३० जेठ २०८१, बुधबार
482Shares
तेस्रो चरणको परिक्षण सम्पन्न गरेको बन्दीपुर केबुलकार भोलीदेखि सञ्चालनमा आउने
ncell

काठमाडौँ। तनहुँको बन्दीपुरमा भर्खर निर्माण कार्य सकेर तेस्रो चरणको निर्माण कार्य सम्पन्न गरेको केबलकार जेठ ३१ गतेदेखि व्यावसायिक रूपमा सञ्चालनमा आउने भएको छ।

बन्दीपुर केबुलकार एन्ड टुरिजम लिमिटेडले व्यावसायिक सञ्चालनका लागि ‘कमर्शियल अप्रेसन टियुभी’ प्रमाणपत्र प्राप्त गरेसँगै अब भने बन्दीपुर केबलकार व्यावसायिक रूपमा सञ्चालनमा आउन लागेको जनाएको छ ।

तीन चरणको परिक्षणकाल सम्पन्न भएसँगै केबलकारले अन्तर्राष्ट्रिय प्रविधि तथा सुरक्षा गुणस्तर परीक्षण प्रमाण पत्र र अन्य सबै खालका सुरक्षा एवम् सम्पन्न सम्बन्धी प्रमाण पत्र हासिल गरेको छ।

केबलकार गत वैशाख १ गतेदेखि आंशिक रूपमा सञ्चालन हुँदै आएको थियो।

Royal Enfield
nic asia capital
कम्पनीलाई टियुभी नर्ड जर्मनी अन्तर्गतको कम्पनी टियुभी नर्ड इन्डियाले परियोजनाको सुपरिवेक्षण गरी व्यावसायिक सञ्चालनको प्रमाणपत्र प्रदान गरेको हो।

यो केबलकारको प्रति घण्टा ५ सय जना यात्रु बोक्न सक्ने क्षमता रहेको कम्पनीले जनाएको छ। कम्पनीले व्यावसायिक सञ्चालनको सुरुवातको अवसरमा सीमित अवधिका लागि ६० प्रतिशत छुटको व्यवस्था समेत गरेको छ । कम्पनीले मिठो खानपिनका साथ विशेष अफरमा लोअर स्टेसनको रेष्टुरेन्ट ड्राइभ इनबाट सेवा लिएबापत दुईतर्फी निःशुल्क केबलकारको सफर गर्न पाइने अफर समेत ल्याएको छ।

यो समाचार शेयर गर्नुहोस्
482SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?