National life

दूरसञ्चार प्राधिकरणले गर्‍यो म्याक्स नेट सल्युसन्सको अनुमति पत्र खारेज

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०६ पुस २०८०, शुक्रबार
800Shares
दूरसञ्चार प्राधिकरणले गर्‍यो म्याक्स नेट सल्युसन्सको अनुमति पत्र खारेज
ncell

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायक कम्पनी म्याक्स नेट सल्युसन प्रालिको अनुमतिपत्र खारेज गरेको छ ।

प्राधिकरणका अनुसार इन्टरनेट (इमेल सहित) को दूरसंचार सेवा संचालन गर्न अनुमतिपत्र प्राप्त गरेको म्याक्स नेट सल्युसनले तोकिएको समयावधि भित्र नवीकरण वापतको दस्तुर दाखिला गरि अनुमतिपत्र नवीकरणको लागि निवेदन पेश नगरेको भन्दै अनुमतिपत्र खारेज गरिएको हो ।

म्याक्सले २०७६ मंसिर ६ गते यो सेवाका लागि अनुमति पाएको थियो भने २०८० मंसिर ६ गते म्याद सकिएसँगै अनुमतिपत्र खारेज गरिएको हो । म्याक्ससँगै युनाइटेड टेलिकम र चितवन नेटवर्क प्रालिको पनि अनुमतिपत्र खारेजीमा परेको छ ।

Royal Enfield
nic asia capital

दूरसञ्चार ऐन, २०५३ को दफा २५ को उपदफा (५) बमोजिम यी कम्पनीको अनुमतिपत्र स्वतः खारेज भएका हुन् । प्राधिकरणले यी संस्थाहरुलाई नियमानुसार तिर्न तथा बुझाउन पर्ने रकम एवं दस्तुर तथा विवरणहरु ३० दिन भित्र प्राधिकरणको कार्यालयमा सम्पर्क गरी तिर्न तथा बुझाउन सूचित गरेको थियो ।

यो समाचार शेयर गर्नुहोस्
800SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?