National life

दोस्रो स्टक एक्सचेञ्ज विषयमा अध्ययन गर्न समिति गठन,संयोजकमा पूर्वडेपुटी गभर्नर शिवाकोटी

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१० माघ २०८०, बुधबार
471Shares
दोस्रो स्टक एक्सचेञ्ज विषयमा अध्ययन गर्न समिति गठन,संयोजकमा पूर्वडेपुटी गभर्नर शिवाकोटी
ncell

काठमाडौं । दोस्रो स्टक एक्सचेञ्ज आवश्यक रहे नरहेको विषयमा अध्ययन गर्न सरकारले नेपाल राष्ट्र बैंकका पूर्वडेपुटी गभर्नर चिन्तामणि शिवाकोटीको संयोजकत्वमा समिति गठन गरेको छ ।

(आज) मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले शिवाकोटीको नेतृत्वमा एक कानुन व्यवसायी र अर्का चाडर्ट एकाउन्टेन्ट रहने गरी समिति गठन गरेको जानकारी दिएको छ । समितीले दोस्रो स्टक एक्सचेञ्ज आवश्यक रहेको नरहेको विषयमा अध्ययन गर्दै प्रतिवेदन पेस गर्ने जिम्मेवारी पाएको छ ।

तर समितिका संयोजक तोकिएका शिवाकोटीले भने मंगलबारको मन्त्रिपरिषद्ले आफ्नो नेतृत्वमा समिति गठन गरेको विषयमा आफूले पनि सुनेको तर प्रस्ट नरहेको जानकारी दिएका छन् ।

Royal Enfield
nic asia capital
‘पत्र पाएको छैन, समिति बन्यो भन्ने सुनेको छु,’ शिवाकोटीले सुनाए ।

‘धितोपत्र बजार सञ्जालन गर्ने संगठीत संस्थासम्बन्धी अध्ययन गर्न नेपाल राष्ट्र बैंकका पूर्वडेपुटी गभर्नर चिन्तामणि शिवाकोटीको संयोजकत्वमा तीन सदस्यीय अध्ययन समिति गठन गर्ने निर्णय भएको सरकारका प्रवक्ता शर्माले जानकारी दिइन् ।

अर्थ मन्त्रालयले धितोपत्र बोर्डले दोस्रो स्टक एक्सचेञ्जको आवश्यकता विषयमा अध्ययन गर्न पत्राचार गरेपनि बोर्डले आफूले दोस्रो स्टक एक्सचेञ्जको लाइसेन्स दिने प्रक्रिया सुरु गरेको अवस्थामा अध्ययन गर्न नमिल्दै भन्दै अध्ययन गर्न आवश्यक रहे नेपाल सरकारले नै निर्णय गर्नु पर्ने भन्दै पत्राचार गरेको थियो ।

यो समाचार शेयर गर्नुहोस्
471SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?