National life

नगरपालिका र सङ्घीय सरकारको अनुदानमा तोरी पेल्ने उद्योग सञ्चालन

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२३ माघ २०८०, मङ्गलबार
907Shares
नगरपालिका र सङ्घीय सरकारको अनुदानमा तोरी पेल्ने उद्योग सञ्चालन
ncell

काठमाडौँ । नगरपालिकाको रु १५ लाख, सङ्घीय सरकारको सर्शत अनुदान मार्फत १० लाख र सहकारीको रु पाँच लाख गरी ३० लाखमा बेलौरी नगरपालिका–१० स्थित सम्झौता बहुउद्देश्यीय सहकारी संस्थाले तोरीको तेल ‘ब्राण्डिङ’, ‘लेभलिङ’ तथा ‘प्याकेजिङ’ उद्योग सञ्चालनमा ल्याएको छ।

“विगतमा बाहिरबाट व्यापारी आएर तोरी खरिद गर्थे”, उनले भने, “व्यापारीले तोकेकै मूल्यमा तोरी बेच्नुपर्ने अवस्था थियो, उद्योगमा तोरी बेच्दा मूल्य पनि बढी पाउने र बजार खोज्दै हिँड्नुपर्ने अवस्थाको अन्त्य भएको छ ।”

नगरपालिका क्षेत्रमा उत्पादन हुने तोरी किसानबाट खरिद गरी उद्योगमा प्रशोधन गरी उपभोक्ताको घरघरमा  तोरीको तेल पुर्‍याउने उद्देश्यले उद्योग सञ्चालन गरिएको सहकारी संस्थाले जानकारी दिएको छ । उद्योग सञ्चालनमा आएपछि तोरी बिक्रीका लागि किसानलाई सहज हुनेमा जानकारी दिएको छ ।

Royal Enfield
nic asia capital

“दुई किलो ५० ग्राम तोरीबाट एक लिटर तेल उत्पादन हुन्छ, यसमा तोरीको मूल्य रु दुई सय ८०, बोतलसँगै बिर्को र ढुवानी रु १३, स्टिकर रु १२, श्रम लागत रु १३ गरी रु तीन सय २३ मा तेल बिक्री मूल्य राखेका हौ”, सहकारीका अध्यक्ष सीता चौधरीले भनिन् ।

बजारमा पाउने मिसावट भएको तेललाई विस्थापित गरी उपभोक्ताको स्वास्थ्यमा सुधार ल्याई नगरपालिकाले आफ्नो छुट्टै पहिचान भएको तोरीको तेल ब्राण्डिङ गरेर बजारमा ल्याई बिक्री वितरण गर्ने उद्देश्य राखेको सहकारीका अध्यक्ष सीता चौधरीले बताइन् ।

सहकारीका लेखा संयोजक मनराज उपाध्यायले उद्योग सञ्चालनमा आइसकेकाले तत्कालै तेलको ब्राण्डिङ, प्याकेजिङ गरी बजारमा ल्याउन लागेको जानकारी दिए । उनका अनुसार उद्योगको दैनिक पाँच सय लिटर प्रशोधित तेल उत्पादन गर्ने क्षमता छ । सहकारीले उपसमिति बनाएर उद्योग सञ्चालन र व्यवस्थापनको कार्य अगाडि बढाउने उनले बताए ।

यो समाचार शेयर गर्नुहोस्
907SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?