National life

नेपालमा पर्यटन प्रवर्द्धन गर्ने लक्ष्यका साथ सिंगापुरमा नेपालीबिच फुटसल प्रतियोगिता सम्पन्न

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०२ भदौ २०८१, आइतबार
481Shares
नेपालमा पर्यटन प्रवर्द्धन गर्ने लक्ष्यका साथ सिंगापुरमा नेपालीबिच फुटसल प्रतियोगिता सम्पन्न
ncell

काठमाडौँ । चौथो नेप्लिज सोसाइटि सिंगापुर फुटसल प्रतियोगीता ३ अगस्टमा सम्पन्न भएको छ । नेप्लिज सोसाइटि सिंगापुरको आयोजनामा सिंगापुरमा रहेका नेपालीहरुबीच उक्त प्रतियोगीता आयोजना गरिएको थियो।

प्रतियोगितामा ६ इलाइट टिम, २ महिला टिम र २ जुनियर टिमको सहभागिता रहेको थियो । यसका अलवा सिंगापुरमा रहेका दर्जनौं नेपालीले पनि सहभागिता जनाएका थिए।

Royal Enfield
nic asia capital
प्रतियोगिताले म्यानमार र भारतमा रहेका नेपाली भाषीहरूलाई पनि आयोजना स्थलसम्म डोर्याएको थियो।

एक दिने प्रतियोगितामा ६ इलाइट टिमलाई दुई समूहमा विभाजन गरी लिग चरणको आधारमा होम र अवे रुल अनुसार खेल खेलाइएको थियो । समूह चरणमा सबैभन्दा धेरै अंक पाउने टिम सेमिफाइनलमा पुगेको थिए र त्यस लगत्तै फाइनल खेल पनि खेलाइएको थियो ।

प्रतियोगिताको प्रत्यक्ष प्रसारण गोल नेपालबाट भएको थियो जसलाई करिब १० लाख मानिसले हेरेका थिए। प्रवासमा बस्ने नेपालीलाई आत्मीय एवं भाइचारा अभिवृद्धि गरी अन्ततः नेपालको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्य लिएको कार्यक्रमका संयोजक विपिन खत्रीले जानकारी दिएका छन् ।

साथै यस प्रकारको कार्यक्रमबाट उठेको रकम नेपालमा सामाजिक कार्य तथा नेपाली खेलकुदलाई टेवा पुग्ने गरी आर्थिक सहयोग गर्ने उद्देश्य रहेको जानकारी कार्यक्रमका सह संयोजक इन्द्र खत्रीले जानकारी दिएका छन्।

यो समाचार शेयर गर्नुहोस्
481SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?