काठमाडौँ। ‘ऐतिहासिक भनिएको श्री पशुपति कोटि होम एवम् १०८ श्रीमद्भागवत विश्व कल्याण मासिक ज्ञान महायज्ञ’ लगाउँदा घाटा भएको उल्लेख गरिएको छ ।
बिहीबार पत्रकार सम्मेलन गर्दै आयोजक संस्थाका प्रमुख कृष्ण मूर्तिले कोटि होममा कुल २० करोड १५ लाख ८२ हजार ४९० रुपैयाँ १५ पैसा बराबर नगद र द्रव्य दान संकलन भएको उल्लेख गरेका छन् ।
आम्दानी सहित उनले कोटि होमका लागि २० करोड ८८ लाख ३२ हजार ७९४ रुपैयाँ ३८ पैसा खर्च भएको जानकारी दिएका छन्। उनका अनुसार ७२ लाख ५० हजार ३०४ रुपैयाँ घाटा भएको कृष्णमुर्तिको दाबी छ । उनको अनुसार महायज्ञमा कबोल भएकोमध्ये डेढ करोडदेखि २ करोड रुपैयाँ उठ्न बाँकी रहेको जनाएका छन् ।
‘एक युगमा एक पटक इतिहासमै पहिलो पटक’ भन्ने नाराका साथ पशुपतिको (वनकाली) हंस मण्डपमा साउन १ गतेदेखि महिनाभर कोटि होम सञ्चालन गरिएको थियो ।



































