National life

पानीको बहाव बढेपछि पूर्ण क्षमतामा विद्यूत उत्पादन गर्दै मध्य-मर्स्याङ्दी

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२८ जेठ २०८१, सोमबार
567Shares
पानीको बहाव बढेपछि पूर्ण क्षमतामा विद्यूत उत्पादन गर्दै मध्य-मर्स्याङ्दी
ncell

काठमाडौँ । नदीमा पानीको बहाव बढ्न थालेसँगै मध्य-मर्स्याङ्दी जलविद्युत् आयोजनाले पूर्ण क्षमतामा विद्यूत उत्पादन गर्न थालेको छ।

बेंसीसहर नगरपालिका-१ दलालस्थित ७० मेगावाटको आयोजनाले पूर्ण क्षमतामा विद्युत् उत्पादन थालेको हो । हिउँद याममा मर्स्याङ्दी नदीमा पानी घट्दा उत्पादन घट्ने गरेको भएपनी पानीको बहाव बढेसँगै पुनः ७० मेगावाट नै उत्पादन हुन थालेको छ ।

उत्पादन केन्द्रका प्रमुख पवन बस्नेतका अनुसार गत मङ्सिरदेखि विद्यूत उत्पादन घटेर फागुनमा २४ मेगावाट मात्र उत्पादन भएको थियो ।

Royal Enfield
nic asia capital
चैत सुरु भएसँगै बिस्तारै उत्पादनमा वृद्धि हुँदै ४०-४५ मेगावाट पुगेको थियो। एक हप्ता अघिदेखि ६० मेगावाट हुँदै हाल पूर्ण क्षमतामा उत्पादन भएको हो ।

रु २७ अर्ब २० करोडको लागतमा निर्मित आयोजना जिल्लाकै पहिलो विद्युत् आयोजनासमेत हो । यस जलविद्युत् आयोजनामा ३५र३५ मेगावाट क्षमताका दुई वटा टर्बाइन छन्। यो आयोजना सन् २००० मा निर्माण सुरु भई २००८ मा सम्पन्न भएको थियो।

जिल्लाभित्रै उत्पादन थालेको ५४ मेगावाटको सुपरदोर्दी ‘ख’, ५० मेगावाटको माथिल्लो मर्स्याङ्दी ‘ए’, ३० मेगावाटको न्यादी, २७ मेगावाटको दोर्दीखोला, २५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’, २५, १२ दशमलव १ र पाँच मेगावाटको सिउरी, चार दशमलव चार मेगावाटको राँधी, तीन मेगावाटको मिदिम करापु र दुई मेगावाटको छ्याङ्दी आयोजनाले समेत विद्युत् उत्पादन गरिरहेका छन् ।

यो समाचार शेयर गर्नुहोस्
567SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?