National life
cg eloctronics

पेट्रोलियम ट्यांकर चालक संघको आन्दोलन, उपत्यकामा पेट्रोलको समस्या यात्रुलाई सास्ती

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०३ असार २०८१, सोमबार
738Shares
पेट्रोलियम ट्यांकर चालक संघको आन्दोलन, उपत्यकामा पेट्रोलको समस्या यात्रुलाई सास्ती
ncell

काठमाडौँ । नेपाल पेट्रोलियम ट्यांकर चालक संघले सात बुँदे माग राख्दै शनिवारदेखि आन्दोलनमा उत्रिएको छ ।

ट्यांकर व्यवसायीहरूका विभिन्न संघ संस्थाको विरोधका कारण काठमाडौँ उपत्यकामा पेट्रोल अभाव देखिएसँगै सवारी चालक र यात्रु मर्कामा परेका छन् । आफूहरूले लामो समयदेखि अत्यावश्यक सेवा सुविधा बिनै लामो समयदेखि नेपाल आयल निगममा काम गरेको भन्दै उनीहरूले असन्तुष्टि जनाएका छन्।

थानकोटबाट आउने पेट्रोल ट्यांकर व्यवसायीहरूले रोकेसँगै उपत्यकामा पेट्रोलको अभाव देखिन थालेको हो । शनिवारदेखि नै ट्यांकर चालकले विभिन्न माग राख्दै आन्दोलन गरिरहेका छन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

आन्दोलनरत पेट्रोलियम ट्यांकर चालक संघसँग हाल मन्त्रालयमा छलफल जारी रहेको र आज साँझसम्म विवादको समाधान खोज्ने गरी अगाडि बढेको नेपाल आयल निगमका प्रवक्ता मनोज ठाकुरले आर्थिक भ्वाइसलाई जानकारी दिएका छन्।

चालकहरूले पेट्रोलियम पदार्थ बोक्ने ट्यांकर नचलाएका कारण पेट्रोलियम पदार्थ पम्पहरूसम्म पुग्न सकेको छैन। संघले एक विज्ञप्ति जारी गर्दै शनिवार कालोपट्टि बाँधेर, आइतबार गाडीमा कालो झन्डा राखेर र सोमबार पूर्ण रूपमा काम छाडेर ट्यांकरको साँचो नै सवारी धनीलाई हस्तान्तरण गरेर विरोध गर्ने जनाएको छ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
738SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?