काठमाडौँ : युवा पुस्ताको माझमा लोकप्रीय बन्दै गएको भ्यालेन्टाइन्स डे (प्रणय दिवस) मा यस पटक ४ लाख १२ हजार स्टिक गुलाफको खपत भएको छ।
फ्लोरिकल्चर एसोसियसन नेपालले दिएको जानकारी अनुसार माघ २४ गते ‘रोज डे’ मनाउँदै सुरु भएको भ्यालेन्टाइन्स डे–मा यस वर्ष ४ लाख १२ हजार स्टिक गुलाफ फूल खपत भएको छ। यो गत वर्षको प्रणय दिवसको तुलनामा १८.३९ प्रतिशतले बढी हो ।
गत वर्ष ३ लाख ४८ हजार स्टिक गुलाब फूल खपत भएको थियो ।
एसोसियसनले यस वर्ष ३ लाख ५० हजार मात्रै स्टिक गुलाब फूल खपत हुने अनुमान गरेको भएपनि बजारमा ४ लाख १२ हजार स्टिक फूल खपत भएको जनाएको छ । यस बर्ष फूलको गुणस्तर अनुसार प्रति स्टिक गुलाफ फूलको ८० रुपैयाँदेखि १२० रुपैयाँसम्म कारोबार भएको छ ।
यस वर्ष ८.५० प्रतिशत आन्तरिक र ९१.५० प्रतिशत गुलाफ फूल आयात गरि खपत भएको छ । प्रणय दिवसमा
प्रेम प्रकट गर्न रातो गुलाब प्रयोग हुन थालेको हजारौं वर्ष भइसकेको छ । ग्रिक तथा रोमन माइथोलोजीमा गुलाफलाई प्रायः एफ्रोडाइट (प्रेम संकेत-एन्सिएन्ट ग्रिक गडेस अफ सेक्सुअल लभ एन्ड ब्युटी) मानिन्छ । यसलाई फर्टिलिटीको भगवान् पनि मानिन्छ ।गुलाफलाई पनि यस्तै भावनासँग जोडेर हेर्ने गरिन्छ ।

































