काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीको सूचना प्रविधि (आइटी) विज्ञमा सूचना प्रविधि विद् असगर अली नियुक्त भएका छन् । अली सेवा सुविधा नलिने गरी सचिव स्तरको विज्ञ पदमा नियुक्त भएका हुन् ।
प्रधानमन्त्रीको सल्लाहकार र सचिवालय व्यवस्थापन कार्यविधिअनुसार अलीले नियुक्ति बुझेर पनि काममा केन्द्रित भएका छन्। उनी २०७४ मा ओली प्रधानमन्त्री हुँदा पनि सूचना प्रविधि विज्ञको रूपमा काम गरेका थिए ।
त्यति बेला प्रधानमन्त्री कार्यालयमा एक्सन रुम बनाउने, मन्त्रालयहरूको कार्यसम्पादन मूल्यांकन गर्ने प्रणाली विकास गर्ने र नागरिक एप बनाउने सहितको काममा उनले भूमिका निभाएका थिए ।































