National life

बससेवाले हरेक टिकट मार्फत एक रूपैयाँ लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायलाई खर्चने

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०३ असार २०८१, सोमबार
551Shares
बससेवाले हरेक टिकट मार्फत एक रूपैयाँ लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायलाई खर्चने
ncell

काठमाडौं । अनलाइन बससेवा भुक्तानी सेवा प्रदायक बससेवा डटकम र नीलहिरा समाज र बीच अनलाइनबाट बुकिङ्ग भएका टिकटहरुमा, एक टिकट बराबर एक रुपैयाँ लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायको हितको लागी छुट्याउने सम्झौता भएको छ।

सम्झौता पत्रमा नील हिरा समाजकी कार्यकारी निर्देशक मनिषा ढकाल र बससेवा डट कमका तर्फबाट बजार ब्यावस्थापक डेनिसजंंग थापाले हस्ताक्षर गरे। उक्त सम्झौता बमोजिम बससेवा डटकमले कुनै पनि ब्याक्तिले काटेको टिकटबाट निल हिरा समाजलाई एक रुपैयाँका दरले प्रदान गर्नेछ ।

त्यस्तै सम्झौता अनुसार बससेवा डट कमले आफ्ना सेवाहरुका बारेमा नील हिरा समाजलाई उल्लेख गर्दै कुनै पनि ब्यक्तिले यात्रा गर्नु परेमा आफ्नो मोबाईलबाट घरमा नै बसेर टिकट काट्न सकिनेछ भने टिकट काट्दा यात्रुहरुले ईसेवा, फोनपे, खल्ती, प्रभुपे लगायत नजिकै रहेका साईबर, मोबाईल बैकिङ्ग र ईन्टरनेट बैकिङ्ग मार्फत अनलाईन टिकट काट्न सकिने छ।

Royal Enfield
nic asia capital

नील हिरा समाज ९ब्लु डायमण्ड सोसायटी ० नेपालमा सिमान्तकृत यौन अभिमुखिकरण, लैङ्गिक पहिचान र यौन विशेषताका व्यक्तिहरूमा पनि विशेष गरी तेस्रोलिङ्गी वर्गको हक अधिकारका निम्ति गैर–सरकारी संस्था हो ।

यो समाचार शेयर गर्नुहोस्
551SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?